प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आइपीओमा लक्ष्मी सनराइज क्यापिटल प्रत्याभूतिकर्ता नियुक्त

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका ले […]

हिमालयन रिइन्सुरेन्ससहित यी ३ कम्पनीको बोनस सेयर सूचीकरणको अन्तिम तयारीमा, कुनको कति कित्ता ?

काठमाडौं । अघिल्लो वर्षको नाफाबाट बोनस सेयर वितरण गरेका ३ कम्पनीको उक्त सेयर सूचीकरणको अन्तिम तयारीमा छ । नेसनल लाइफ इन्सुरेन्स, हिमालयन रिइन्सुरेन्स र नेको इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत हुने अन्तिम तयारीमा छ । नेसनल लाइफले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यसको २६ लाख ६ हजार ६६ कित्ता बोनस सेयर […]

सन नेपाल लाइफ इन्सुरेन्सले लाभांश नदिने

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले २०८०-८१ को नाफाबाट लाभांश नदिने भएको छ । यस कम्पनीको साउन २७ गते बसेको सञ्चालक समिति बैठकले आव २०८०-८१ को नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।  

सिद्धार्थ प्रिमियर इन्सुरेन्सले कमायो ७१ करोड ३१ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष संस्थाले ६८ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसले १२ महिनामा २ अर्ब ५ करोड बिमा शुल्क संकलन […]

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला अवधि थप गरेको छ । कम्पनीले २०८२ जेठ ३० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुको लागि १० कित्ता साधारण शेयर बराबर ३.४७८ ३ कित्ता शेयर (१०:३.४७८३) को अनुपातमा १ सय अङ्कित दरको ६५,७६,९६७.७६ कित्ता हकप्रद साधारण शेयरको २०८२ साउन ०६ गतेदेखि २०८२ साउन २६ […]

रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख

काठमाडौं । गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी रु ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा छ, सामुद्रिक बीमा नौ, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम […]

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय Leadership Excellence Awards, 2025 सम्पन्न भएको छ । द सोल्टी काठमाडौँमा श्रावण १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम “लायन वर्ष ः लिड , रोअर , रिपिट” नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो […]

प्रभु इन्सुरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु इन्सुरेन्स लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा शुक्रबार तीनकुने काठमाडौंमा रहेको प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी यसअघिको ५०.१५ प्रतिशतको हकप्रद सेयर निष्कासनको प्रस्तावलाई संशोधन गरी […]

लाइफ इन्सुरेन्सहरुले गरे १ खर्ब ८२ अर्ब बिमा शुल्क संकलन, कुनको कति ?  

काठमाडौं । गत आर्थिक वर्षको असारसम्ममा जीवन बिमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ४२ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीहरुले उक्त रकम बराबरको बिमा शुल्क संकलन गरेको बिमा प्राधिकरणले जानकारी दिएको छ । असारसम्म बिमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब ७३ करोड रुपैयाँ नवीकरण बिमा शुल्क र ४० […]

निर्जीवन बिमा कम्पनीहरुको बिमा शुल्क संकलन रकम ४३ अर्ब ९५ करोड, शिखर पहिलो हुँदा अरु कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्षको असारसम्म निर्जीवन बिमा कम्पनीहरुले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष यी कम्पनीहरुले ४१ अर्ब १७ करोड रुपैयाँ बराबरको उक्त शुल्क संकलन गरेका थिए । यसअवधिसम्म आइपुग्दा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको […]