व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट दिने हिमालयन लाइफको घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्क (ब्याज/जरिवाना) मा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो। साबिकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा असार ८ […]

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा आह्वान, हकप्रद शेयर प्रस्ताव संशोधन हुने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न र प्रस्तावित हकप्रद शेयर संशोधन गर्न असार ३० गते ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजे सुरु हुने कम्पनीले जनाएको छ। सभामा आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र करसहित ०.५२६३ प्रतिशत […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत सीईओ अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । श्रेष्ठलाई Women’s Tabloid “The Voice of the Women” ले ू] “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” द्वारा सम्मान गरिएको हो । उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, “यो […]

बीमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण विरूद्ध प्रभावकारी नीति लागू गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा बीमकका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूसँग आज काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरण विरूद्ध प्राधिकरणले जारी गरेका निर्देशिका र निर्देशनहरू बमोजिम आन्तरिक नीति तथा […]

वार्षिक बीमा नीति ल्याउँछौंः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षदेखि समग्र बीमा क्षेत्रका लागि ‘वार्षिक बीमा नीति’ ल्याउन शुरू गर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज केन्द्रीय कार्यालय, कुपण्डोलमा जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग वार्षिक बीमा नीति, २०८२ […]

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सिप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो। महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सिप भएकाहरूलाई थप दक्ष बनाउने हो। मेलामा रोजगारी र आय वृद्धिको […]

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई आमा हस्पिटलमा ५०% सम्म छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५०% सम्म छुट प्राप्त हुने भएको छ । जसअन्तर्गत क्यबिन बेड मा ५०%, जनरल बेडमा ३०%  र हस्पिटलका अन्य सेवामा २०% साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क लाग्ने छैन । साथै, हेल्थ चेकअप प्याकेजमा ४०% को विषेश सहुलियत दिने भएको […]

‘संचालकहरुको शेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको शेयर कम्पनीमा राजिनामा पछि पनि १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायमा पुनः ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक वर्षसम्म […]

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिंहले समीक्षा वर्ष आर्थिक दृष्टिले चुनौतीपूर्ण रहेको उल्लेख गरिन्। उनका अनुसार कोभिड–१९ को दीर्घकालीन प्रभाव, भू(राजनीतिक तनाव, प्रतिकूल मौसमका कारण आपूर्ति श्रृंखलामा अवरोध उत्पन्न भएको, सहकारी संकट, […]

सानिमा रिलायन्स लाईफको सीप विकास कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान दिइरहेका अभिकर्ताहरुलाई बिशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकि मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार झा लाई […]