युनाइटेड अजोडका सीईओ गौतमको राजीनामा, रिजाल निमित्त सीईओ

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्। कम्पनी स्रोतका अनुसार गौतमले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन्। कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले जानकारी दिएअनुसार सञ्चालक समितिको माघ ४ गते सम्पन्न बैठकले गौतमको राजीनामालाई मंसिर ५ गतेदेखि लागू हुने गरी स्वीकृति प्रदान गरेको […]

८ निर्जीवन बिमाले घोषणा गरे लाभांश, कुनले कति ?

काठमाडौं । सूचीकृत ८ वटा निर्जीवन बिमा कम्पनीहरुले गत वर्षको नाफाबाट सेयर लाभांश घोषणा गरिसकेका छन् । १२ मध्ये बाँकी ४ वटाको प्रतिफल प्रस्ताव पेश हुन बाँकी छ । अब लाभांश दिन बाँकी बिमामा युनाइटेड अजोड, सानिमा जीआइसी, राष्ट्रिय बिमा कम्पनी र प्रभु इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरुले पनि अब विस्तारै लाभांश प्रस्ताव गर्नेछन् […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा आज बस्दैछ । कम्पनीको ३२ औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक र […]

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना र […]

सूर्यज्योति लाइफको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका छन् । कम्पनीले कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ लाख २० हजार २४१ […]

“नेपाल लाइफ समृद्धि लगानी योजना” सामूहिक लगानी कोषको बिक्रि खुल्ला

काठमाडौं ।  नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेकोर नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना (Nepal Life Samriddhi Lagani Yojana)” नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु आज मिति २०८२  माघ ४ गते देखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रिमा ल्याएको छ । […]

हिमालयन लाइफ इन्स्योरेन्सले माघ २८ गते वार्षिक साधारणसभा बोलायो

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो उन्नाइसौं वार्षिक साधारणसभा माघ २८ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। कम्पनीको माघ २ गते सम्पन्न सञ्चालक समितिको बैठकले बुधबार बिहान १० बजेदेखि नक्सालस्थित भाटभटेनी नजिकै रहेको आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा बस्ने निर्णय गरेको हो। यसअघि पुस २५ गते बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीले गत आर्थिक वर्षको सञ्चित नाफाबाट […]

मेटलाइफ नेपालले ३ नयाँ एजेन्सी कार्यालयद्वारा वित्तीय सुरक्षाको पहुँच विस्तार गर्दै

काठमाडौं ।  दैनिक जीवनसँग नजिकै रही भरपर्दो बीमा मार्गदर्शन र सुरक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् । यी क्षेत्रका धेरै परिवार तथा साना व्यवसायका लागि जीवन बीमा पहुँच गर्नु प्रायः टाढाका सहरसम्म यात्रा गर्नु पर्ने वा सीमित जानकारीमा निर्भर रहनु पर्ने अवस्था थियो । अब स्थानीय रूपमा मेटलाइफको उपस्थिती भएपछि, ग्राहकहरूले आफ्नै समुदायभित्र व्यक्तिगत सल्लाह, […]

नेको इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ३० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर सहित १२.७८ प्रतिशत गरी कुल १५.७८ प्रतिशत लाभांश दिने भएको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणले र यस कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण […]

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए । अस्पतालले स्वास्थ्य बीमामार्फत […]