जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको शहरका गभर्नरले मङ्गलबार जानकारी दिएका छन् । जकार्ताका गभर्नर प्रमोनो अनुङले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भने, “खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको मासु बेच्न नगर प्रशासनले प्रतिबन्ध लगाएको छ। यसका लागि मैले निर्णयमा हस्ताक्षर […]

अफगानिस्तान हवाइ आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको दाबी, अफगानिस्तानद्वारा ‘जवाफी कारबाही’ गर्ने चेतावनी

जिगे मुगलगाई । अफगानिस्तानको तालिबान सरकारले गए रातभर भएको घातक हवाई हमलाका लागि पाकिस्तानमाथि आरोप लगाउँदै यसको ‘उचित प्रतिक्रिया’ दिने बताएको छ । तर पाकिस्तानले अफगानिस्तानमा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ । खोस्त प्रान्तमा भएको हवाई आक्रमणमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्समा पोस्ट गर्दै जानकारी गराएका छन् […]

कफिनमै जीवित भेटिइन् थाई महिला

बैङ्कक । दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बन्नु परेको छ । बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको […]

युरोपेली सङ्घको युक्रेन शान्ति योजनालाई रूसद्वारा अस्वीकार

मस्को । युक्रेनमा व्याप्त युद्ध सङ्कट समाधानका लागि तयार पारिएको युरोपेली शान्ति योजनाबारे रूस सचेत रहेको जनाउँदै यसका प्रावधानहरू “असंवैधानिक“ रहेको रूसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले बताए । शान्ति योजनाका बारेमा धेरै अनुमान तथा प्रयासहरु भएता पनि रूसले संयुक्त राज्य अमेरिकाबाट सिधै प्राप्त शान्ति योजना र जानकारीलाई मात्र विश्वास गर्ने उनले बताए । यसै क्रममा […]

अफगानिस्तानमा पाकिस्तानी बमबारीः कम्तीमा १० जनाको मृत्यु भएको तालिबानको दाबी

काबुल । अफगानिस्तानका पूर्वी क्षेत्रहरूलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । यो घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत भने, “पाकिस्तानी आक्रमणकारी सेनाले एक स्थानीय नागरिकको घरमा बम प्रहार गर्दा खोस्त […]

ह्वाइट हाउस भेटपछि पनि ममदानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग

वासिङ्टन। न्युयोर्क सहरका मेयर–निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गरेका छन्। भेट समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि ममदानीले राष्ट्रपति ट्रम्पप्रतिको आफूले विगतमा गरेको कडा टिप्पणी फिर्ता लिन अस्वीकार गरेक छन् । शनिबार एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा सहभागी हुँदै मेयर–निर्वाचित ममदानीले आफू अझै पनि ट्रम्पलाई […]

ट्रम्पको २८–बुँदे युक्रेन शान्ति योजना सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८–बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षा सम्बन्धी छुटहरू प्रदान गर्नुपर्ने प्रावधान रहेको छ । सो योजना अनुसार रुसलाई पुनः जी–८ मा फर्काइनेछ र विभिन्न प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाइनेछ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटका अनुसार राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा विदेशमन्त्री […]

अफ्रिकामा पहिलो जी–२० शिखर सम्मेलन, धनी राष्ट्रलाई जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह

जोहानेसबर्ग । अफ्रिकामा पहिलोपटक आयोजना हुँदै गरेको जी–२० शिखर सम्मेलनका अवसरमा दक्षिण अफ्रिकाले गरिब तथा जलवायु–संवेदनशील राष्ट्रहरूका मुद्दालाई अग्रभूमिमा राख्दै धनी मुलुकहरूले जलवायु प्रकोपविरुद्ध अझ प्रभावकारी योगदान दिनुपर्ने माग जोडदार रूपमा अघि सार्ने तयारी गरेको छ । जोहानेसबर्गको बाहिरी क्षेत्रमा अवस्थित तल्लो एलेक्जेन्ड्रामा भारी वर्षाका कारण क्षतिग्रस्त बनेको फोहोर रोक्ने जाल मर्मत गर्न स्वयंसेवकहरू जुक्सकेई […]

शेख हसिनालाई सुपुर्दगी गर्ने बङ्गलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा सजीब वाजेद आशावादी

वर्जिनिया  । बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले बङ्गलादेश सरकारले भारतलाई गरेको सुपुर्दगी अनुरोध अवैध भएको भन्दै नयाँ दिल्लीले यसलाई सम्बोधन नगर्ने विश्वास व्यक्त गरेका छन् । वाजेदले भारत सरकारलाई यो अनुरोधलाई कसरी सम्हाल्ने भनेर राम्रोसँग थाहा भएको जनाउदै भारत सरकारले यस्तो अवैध अनुरोधको जवाफ नदिने भन्दै भारतीय लोकतन्त्र र विधिको शासन माथी […]

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि सोमबार राजधानी ढाका तथा देशका विभिन्न स्थानहरूमा कडा सुरक्षा व्यवस्था लागू गरेका छन् । गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेका छन्।हसिनाको अवामी लिग […]