‘ब्यारियर लेक’ को निगरानी गर्न चिनियाँ राष्ट्रपतिकाे निर्देशन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको केरुङ काउन्टीमा पहिरोका कारण बनेको ब्यारियर लेक (पहिरोले नदी थुनेर बनेको ताल) र आसपासको पहाडी क्षेत्रको अवस्था नजिकबाट निगरानी गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार सीको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको बैठकमा उनले तालको स्थिरता र आसपासका पहाडको अवस्थामाथि विशेष ध्यान दिँदै सम्भावित दोस्रो चरणका […]

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

काठमाडौं । उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण कोरियासँगको वार्षिक सैन्य अभ्यासको अवधि घटाए पनि सियोलले अमेरिका र जापानसँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) का अनुसार तीन देशले सेप्टेम्बर ७ देखि ११ सम्म जेजु टापुको पूर्व र दक्षिणतर्फको अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’ अभ्यास […]

चीन-नेपाल सीमाको पहिरो प्रभावित क्षेत्र पुगे चिनियाँ प्रधानमन्त्री

काठमाडौं । चीनियाँ प्रधानमन्त्री ली च्याङ चीन-नेपाल सीमाक्षेत्रको विनाशकारी पहिरो प्रभावित इलाकामा पुगेका छन्। त्यहाँ बेपत्ता भएका ५०० भन्दा बढी मानिसको खोजी कार्यको प्रत्यक्ष निरीक्षण गर्न उनी बिहीबार त्यस क्षेत्रमा पुगेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, “महासचिव सी जिनपिङको निर्देशनमा… प्रधानमन्त्री ली च्याङ सम्बन्धित निकायका नेतृत्वदायी अधिकारीहरूका साथ आपत्कालीन उद्धार तथा […]

रसुवा बाढीका पीडितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले हिजो रसुवामा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सहयोगको अपिल गरेकी छिन्। मन्त्री यादवले विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पपछिकै यो सबैभन्दा ठूलो […]

भारतले दोस्रो उडान मार्फत थप सहयोग पठायो

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल पठाएको छ । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढी पछि भारतले दोस्रो लटको औषधीजन्यसहित ३७.५ टन थप सामग्री नेपाल पठाएको हो । ‘नेपालका लागि ३७.५ टन बराबरको मानवीय सहायता तथा विपद् राहतसामग्री, औषधि र खाद्य सामग्री बोकेको दोस्रो उडान भर्खरै प्रस्थान गरेको छ,’ भारतीय बिदेश […]

इरानले भन्यो– अमेरिकाको विस्तारित आर्थिक प्रतिबन्ध सामना गर्न ‘पूर्ण रूपमा तयार’

काठमाडौं । इरानले अमेरिकाले थप कडा बनाएको आर्थिक प्रतिबन्धको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ। अमेरिकाले इरानलाई विश्व अर्थतन्त्रबाट अलग गर्ने प्रयासस्वरूप नयाँ प्रतिबन्ध घोषणा गर्दै यसलाई ‘आर्थिक डी–डे’को संज्ञा दिएको छ। इरानका अर्थमन्त्री अली मदानिजादेहले नयाँ प्रतिबन्धको सामना गर्न तेहरान पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले अमेरिकी कदमले अन्ततः अमेरिकाकै […]

इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध

काठमाडौं । इरानमाथि वित्तीय दबाब बढाउनका लागि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानमाथि नयाँ प्रतिबन्ध लगाइएको बताएका हुन् । नयाँ प्रतिबन्धले इरानले प्राप्त गरिरहेको आम्दानीका सबै स्रोतलाई निसाना बनाएको उनले उल्लेख गरेका छन् । नयाँ प्रतिबन्धले इरानका पाँच मुख्य सम्पत्तिलाई निसाना बनाउनेछ । इरानी नियन्त्रणमा रहेको जलमार्ग, इरानी विद्युतीय […]

बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी

काठमाडौं । बेलायतले किएभलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले सोमबार दावी गरेको छ । क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन गर्ने प्लान्टहरू नष्ट गर्ने चेतावनी दिएको छ। यो चेतावनी बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले किएभ भ्रमणका क्रममा युक्रेनलाई सैन्य सहयोग जारी राख्ने वाचा गरेको बेला आएको हो। बेलायत सरकारले रक्षा कम्पनी […]

गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अलजजिराका अनुसार भारी वर्षाका कारण ‘दार–एस–सलाम’  क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएका थिए । घटनामा ६ जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो […]

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको सेयर निष्कासन गर्ने

काठमाडौं ।  चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ सेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना बनाएको आइतबार जनाएको छ। हाङजाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । कम्पनीका सेयरधारकहरूले भने उक्त लगानीबाट प्रतिफल प्राप्त गर्ने विषयमा चासो व्यक्त […]