नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउन उडाइएको थियो । नाज्का नगरपालिकाका अनुसार विमान नजिकैको इका सहरबाट उडेको थियो । पेरुभियाली कम्पनी एरोडियानाद्वारा सञ्चालित उक्त विमानले विगत १४ वर्षदेखि ‘सेसना ग्रान्ड क्याराभान’ विमानमार्फत […]

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

काठमाडौं । इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका […]

इराक र टर्कीबिच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

काठमाडौं । इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका […]

अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ देखि ३० लाख रुपैयाँ) धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार […]

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक रूपरेखामा सहमत भएको दाबी गर्दै तत्कालका लागि नयाँ सैन्य आक्रमण नगर्ने सङ्केत दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले प्रस्तावित सम्झौतामा ‘स्ट्रेट अफ होर्मुज’लाई पूर्ण रूपमा खुला राख्ने र इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुने बताएका […]

नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय

काठमाडौं । परराष्ट्र मन्त्रालय  मन्त्रालयले ब्रोड पिक (Mt. Broad Peak) हिमालमा हिमपहिरो गएको खबरपछि परिस्थितिलाई नजिकबाट नियालिरहेको छ। हाम्रो इस्लामाबादस्थित दूतावासले प्रभावित सम्पूर्ण पर्वतारोहीहरूको शीघ्र र सुरक्षित उद्धारमा सहयोग पुर्‍याउन अल्पाईन क्लब अफ पाकिस्तान (ACP) लगायत पाकिस्तानका सबै सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको छ। पाकिस्तानी अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्। इस्लामाबादस्थित […]

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार लगायतका मध्यस्थकर्ताहरूलाई यस सम्झौतामा पुग्नको लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणमा सहमती […]

समुन्द्रबाट प्रवेश गर्ने आप्रवासीले समस्यामा स्पेन, अदालतको निर्णयसँगै हजारौँ आप्रवासी स्पेनको सेउटामा प्रवेश

म्याड्रिड । मोरक्कोबाट हजारौँ आप्रवासीहरू बिहीबार पौडी खेलेर उत्तर अफ्रिकास्थित स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गरेपछि स्पेन सरकारले सुरक्षा व्यवस्था सुदृढ बनाउन सेना परिचालन गर्ने निर्णय गरेको छ। सेउटा पुग्ने प्रयासका क्रममा कम्तीमा १५ जनाको डुबेर मृत्यु भएको छ। पछिल्ला दिनहरूमा अवैध रूपमा सीमा पार गर्ने प्रयास बढेपछि स्थानीय अधिकारीहरूले यसअघि नै म्याड्रिडसँग सहयोगको अपिल […]

होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल

काठमाडौं । अमेरिका र इरानबिचको बढ्दो सैन्य द्वन्द्वले मध्यपूर्वमा तनाव थप चर्किरहेका बेला अन्तर्राष्ट्रिय समुद्री व्यापारिक मार्गको सुरक्षाका लागि साउदी अरबले प्रस्ताव गरेको ‘समुद्री रक्षा गठबन्धन’लाई १४ देशले समर्थन गरेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले बिहीबार अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी व्यापारको सुरक्षा सुनिश्चित गर्न गठबन्धन निर्माण गर्ने प्रस्तावलाई १४ देशले समर्थन गरेको जनाएको हो । […]

१० वर्षमा ४ खर्ब ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता,६० प्रतिशत हिस्सा सेवा र पर्यटनकै

काठमाडौं । उद्योग विभागको पछिल्लो १० वर्ष (आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०८२/८३ जेठ सम्म) को तथ्यांक अनुसार नेपालमा वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धतामा सेवा क्षेत्रले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। यो अवधिमा सेवा क्षेत्रमा कुल १ खर्ब ३६ अर्ब ९४ करोड  रुपैयाँ भन्दा बढी प्रतिबद्धता भित्रिएको छ, जसमा आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्मको […]