RE
Global College

फ्रान्समा दंगा फैलिएपछि मध्य पेरिस र अन्य शहरमा पनि कफ्र्यू

काठमाडौं । फ्रान्समा एक हप्तादेखि चलिरहेको प्रदर्शन, हिंसा र लुटपाटका घटनापछि सरकारले राजधानी पेरिससहित विभिन्न शहरका केही क्षेत्रमा रातिको समयमा कफ्र्यू लगाएको छ । पेरिस प्रहरीले स्थानीय समयअनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्लेस डे ला रिपब्लिक र लेस हलेस क्षेत्र आसपास कफ्र्यू लागू गरेको बीबीसीले जनाएको छ । राजधानीका अन्य केही क्षेत्रमा अनधिकृत भेला हुनसमेत प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी, मार्सेली, बोर्डो, नाइस, लियोन र लिललगायत शहरमा पनि युवाहरूको आवागमन र भेला नियन्त्रण गर्न आंशिक कफ्र्यू लगाइएको छ । प्रदर्शन नियन्त्रण गर्न नसकेको भन्दै विपक्षी राजनीतिज्ञहरूले गृहमन्त्री लरेन्ट नुनेजको आलोचना गरेका छन् । गृहमन्त्रीले केही शहरमा प्रहरीले स्थिति नियन्त्रण गर्न नसकेको स्वीकार समेत गरेका छन् । उनले आफ्नो पदबाट राजीनामा पनि दिएका छन् ।

यसैबीच, राष्ट्रपति इम्यानुएल म्याक्रोनले उनको राजीनामा अस्वीकार गरेका छन् । हिजो बसेको संकट व्यवस्थापन बैठकपछि प्रधानमन्त्रीले आवश्यक देखिएका क्षेत्रमा कफ्र्यू लगाउन स्थानीय मेयरहरूलाई अधिकार दिइएको बताएका छन् ।

NECO

Leave Your Comment

Related News