अमेरिका-इरान युद्ध रोकिएसँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा गिरावट, ६ प्रतिशतभन्दा बढीले घट्यो मूल्य

काठमाडौं । अमेरिका र इरानबीच दुई सातादेखि जारी आक्रमणहरू सप्ताहन्तमा रोकिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार ६ प्रतिशतभन्दा बढीले घटेको छ। दुवै पक्षले सैन्य कारबाही स्थगित गरेसँगै कूटनीतिक समाधानको सम्भावना बढेको, साथै होर्मुज जलडमरूमध्यबाट तेल ढुवानी पुनः सहज हुने अपेक्षाले तेल बजारमा दबाब परेको हो। ब्रेन्ट, कच्चा तेलको मूल्य सोमबार बिहान प्रति ब्यारेल ६.२० […]

अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण

काठमाडौं । अमेरिका र रुसको संयुक्त अन्तरीक्ष टोली आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिनाभन्दा बढी समय बिताएपछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ । वाशिङ्टन र मस्कोबीच जारी राजनीतिक तनावका बाबजुद यो अभियान दुवै देशको अन्तरिक्ष सहकार्यको अर्को सफल उदाहरण बनेको छ । कजाखस्तानमा अवतरण नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री […]

इरानी जहाजमाथि आक्रमणको जवाफ दिने इरानको चेतावनी

काठमाडौं । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ । शनिबार भएको उक्त आक्रमणमा एक जना नाविकको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको इरानले जनाएको छ । रुस–युक्रेन युद्धको अन्तरराष्ट्रिय प्रभाव विस्तार भइरहेका बेला इरानले यस्तो आरोप लगाएको हो । यसअघि युक्रेनी […]

इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच वार्ता भइरहेको र यस पटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको बताएका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्त्व दिन थालेको दाबी गरे । राष्ट्रपति ट्रम्पले भने, ‘हामी अहिले उनीहरूसँग वार्ता गरिरहेका छौँ । मलाई लाग्छ कि समय बित्दै जाँदा […]

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत, शिक्षा मन्त्रालयको कार्यभार प्रल्हाद जोशीलाई

काठमाडौं । भारतमा धर्मेन्द्र प्रधानले शिक्षा मन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानको राजीनामासँगै रिक्त रहेको शिक्षा मन्त्रीको जिम्मेवारी प्रल्हाद जोशीलाई दिएका छन् । जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै […]

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा बुझाउँदै आफूले विद्यार्थी, शिक्षक र शिक्षा क्षेत्रप्रति पूर्ण समर्पणका साथ काम गरेको उल्लेख गरेका छन्। राजीनामा पत्रमा प्रधानले लेखेका छन्, “म सधैं विद्यार्थी, शिक्षक र शिक्षा क्षेत्रप्रति समर्पित रहँदै आएको छु। तर जन्तर–मन्तरमा विकसित भएको परिस्थितिलाई ध्यानमा राख्दै […]

किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । युक्रेनको राजधानी किभ नजिक आयोजित ड्रोन प्रविधि प्रदर्शनीलाई लक्षित गर्दै रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका उच्च अधिकारी तथा ड्रोन प्रविधिसम्बन्धी विशेषज्ञहरूको सहभागिता रहेको प्रदर्शनीमा दिउँसो भएको आक्रमणमा सबैभन्दा ठुलो क्षति भएको हो। यस […]

मोदीको पहलपछि सरकार–आन्दोलन वार्ता

काठमाडौं । भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्तामा बस्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई शीघ्र कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी र सरकारबीच संवादको वातावरण बनेको हो । मेडिकल प्रवेश परीक्षा तथा उच्च माध्यमिक तहको अनलाइन मूल्याङ्कन प्रणालीमा देखिएको त्रुटिपछि देशभर शिक्षा […]

अमेरिकी नयाँ शुल्कप्रति चीनको कडा आपत्ति, व्यापार युद्ध नबढाउन चेतावनी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै वासिङ्टनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ । बेइजिङले एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने जनाएको छ । अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म रहेको छ । चीनलाई सबैभन्दा […]

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

काठमाडौं । अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा साझेदारीअन्तर्गत निर्माण गर्न लागिएको आणविक ऊर्जा सञ्चालित पनडुब्बी कार्यक्रमलाई अघि बढाउन थप चार अर्ब ६० करोड अस्ट्रेलियन डलर (करिब तीन अर्ब २० करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ । सरकारका अनुसार उक्त लगानीले देशको दीर्घकालीन पनडुब्बी निर्माण, सञ्चालन, मर्मत तथा व्यवस्थापनका लागि […]