काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको छ । उक्त सम्झौता कार्यान्वयनका लागि आइएमएफको कार्यकारी बोर्डको स्वीकृति आवश्यक हुनेछ ।
आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्व द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्र व्यवस्थापन गरेको र कडा नीतिले समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको बताए।
पेट्रोभालका अनुसार मेमा उच्च विन्दुमा पुगेको मुद्रास्फीति सेप्टेम्बरमा करिब १०.३ प्रतिशतमा सीमित रहेको छ । उहाँले मुख्य मुद्रास्फीति नियन्त्रणमा रहेको पनि बताए।




