जलवायु परिवर्तनको असर सुन्तला खेतीमा

म्याग्दी । तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रित्तिएको छ । “स्वादिलो, रसिलो हुने भएकाले गलेश्वर र बेनीमा मौवाफाँटको सुन्तला खोसाखोस हुन्थ्यो”, सुवेदीले स्मरण गरे, “अहिले मौवाफाँटमा सुन्तला उत्पादन हुनै छाड्यो । बगैँचा पनि नासियो ।” कुनै समय राम्रो चर्चा र धेरै माग हुने मौवाफाँटको सुन्तला हाल एकादेशको […]

स्थानीय अनुकुलन कार्ययोजना सम्बन्धी क्षेत्रीय कार्यशाला काठमाडौंमा सुरु

काठमाडौं । दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको स्तरोन्नतीमा देखा परेका चुनौति, असल अभ्यास तथा अवसर विषयक कार्यशाला काठमाडौंमा सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोवल सेन्टर अन एडप्टेशन र डि.सि.ए.को आयोजनामा सुरु भएको उक्त कार्यशालाको मुख्य उद्धेश्य दक्षिण एशिया क्षेत्रमा स्थानीय अनुकुलन योजनासँग सम्बन्धित उपलब्ध निति–नियम र तिनको अभ्यासको […]

चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आंशिक बदली हुने सम्भावना छ । यसले गर्दा यी चार प्रदेशको हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशको मौसम शनिबार सफा रहनेछ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो […]

रुपाताल संरक्षणको कामलाई समयमै सक्न उर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं । उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले रुपाताल संरक्षणको कामलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज बिहान निरीक्षण गर्दै ताल संरक्षणको कामलाई तोकिएको भन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । “ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमै गुणस्तरीय काम […]

सगरमाथासहित विभिन्न हिमाल आरोहण शुल्क बढ्यो

काठमाडौं । सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) वृद्धि गरेको छ। पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार पुस २६ गतेको मन्त्रीपरिषद् बैठकले पर्वतारोहणसम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै दस्तुर वृद्धि गर्ने निर्णय गरेको हो। यसअघि विदेशी नागरिकले सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर शुल्क तिर्दै आएका थिए। अब […]

हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित

मोरङ । पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र […]

अधिक विषादी प्रयोग गर्दा मासियो तरकारी

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिका क्षेत्रमा लगाइएको काउली र बन्दामा लागेको रोगका कारण उत्पादनमा कमी आएको छ। राप्ती नगरपालिका वडा नम्बर ४ र ५ का किसानले लगाएको काउली, बन्दा तथा अन्य तरकारी बालीमा ढुसी लाग्ने र डढ्ने रोग देखिँदा फल्न लागेको बोट मर्ने समस्या उत्पन्न भएको कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ । तरकारी […]

तापक्रम बढ्न थाल्यो, यस्तो छ आजको मौसम

काठमाडौं ।हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै […]

हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको […]

जलवायु परिवर्तनको असर, पुसमै पाक्यो, काफल

काठमाडौं । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ । हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, […]