इरानी ग्यास पूर्वाधारमा आक्रमण, आंशिक क्षति भएको इरानी मिडियाको रिपोर्ट

तेहरान। अमेरिकाको धम्कीपछि केही घण्टामै इजरायली–अमेरिकी संयुक्त आक्रमणले इरानका दुई ग्यास सुविधा र पाइपलाइनलाई लक्षित गरेको इरानी मिडिया मङ्गलबारले जनाएको छ । फार्स समाचार एजेन्सीका अनुसार मध्य इरानमा रहेका ग्यास प्रशासन भवन र इस्फहानको काभेह स्ट्रिटमा रहेको ग्यास प्रेशर रेगुलेसन स्टेसन आंशिक रूपमा क्षतिग्रस्त भएको छ । देशको दक्षिणपश्चिममा रहेको खोर्रमशहर पावर प्लान्टको ग्यास पाइपलाइन […]

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

न्युयोर्क। जरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा इजरायलले लगभग दैनिकजसो आक्रमण गर्ने गरेकाले निर्दोश प्यालेस्टाइनीहरुको मृत्यु हुने, घाइते हुने र सम्पत्तिको क्षतिको साथै विस्थापन सामना गर्नु परेको जनाएको छ । प्रवक्ताले महासचिवको […]

इयु–अस्ट्रेलिया व्यापार सहमति

मेलबर्न। विश्वव्यापी आर्थिक अनिश्चितता र बढ्दो संरक्षणवादबीच युरोपेली सङ्घ (इयु) र अस्ट्रेलियाले बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा अन्ततः सहमति जनाएका छन् । दुई वर्षअघि वार्ता टुटेको अवस्थाबाट फर्किंदै दुवै पक्षले व्यापार विस्तारसँगै नयाँ रक्षा साझेदारी घोषणा गरेका छन्, जसलाई बदलिँदो विश्व व्यवस्थामा रणनीतिक कदमका रूपमा हेरिएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र […]

कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ को मृत्यु

काठमाडौं । कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् । कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले दुर्घटनामा […]

अमेरिका भन्छ ‘सम्झौता नजिक’, इरानले भन्यो ‘वार्ता नै भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व अन्त्य गर्न सम्झौता नजिक पुगेको दाबी गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । उनले हालै सार्वजनिक वक्तव्य दिँदै अमेरिका र इरानबीच पछिल्ला केही दिनदेखि सकारात्मक र गहन वार्ता भइरहेको बताएका छन् । ट्रम्पका अनुसार प्रस्तावित सम्झौताअनुसार इरानले आणविक हतियार नबनाउने, युरेनियम संवर्द्धन नगर्ने […]

अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत

सिड्नी।  अष्ट्रेलिया र सिङ्गापुरले तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चितमा सहयोग गर्न सोमबार सहमती जनाएका छन् । यी देशहरुले पछिल्लो समय मध्यपूर्व युद्धको कारण विश्वव्यापी रुपमा उर्जा सङ्कटको सामना गरिरहेका छन्। संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्ध होर्मुज वरपर केन्द्रित भएको कारण विश्वव्यापी तेलको मूल्य बढेको छ, जहाँबाट विश्वको तेल र ग्याँसको लगभग २० […]

इरानको चेतावनी: अमेरिकी आक्रमण भए इजरायल र खाडीका विद्युत् केन्द्र निशानामा

काठमाडौं । इरानले आफ्ना विद्युत् संरचनामाथि अमेरिका आक्रमणमा उत्रिए इजरायल र खाडी क्षेत्रका देशहरूका विद्युत् केन्द्रहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले “यदि  बिजुलीमा आक्रमण भयो भने हामी पनि बिजुलीमै प्रहार गर्छौं” भन्दै कडा प्रतिक्रिया जनाएको हो। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज सबैका लागि […]

मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत

सिंगापुर। सिंगापुरमा फेब्रुअरी महिनामा मुख्य मुद्रास्फीति दर वार्षिक आधारमा बढेर १ दशमलव ४ प्रतिशत पुगेको छ, जुन जनवरी महिनाको १ प्रतिशतभन्दा उच्च हो। सोमबार सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार यस वृद्धिको प्रमुख कारण सेवा क्षेत्र, खाद्य पदार्थ तथा खुद्रा वस्तुहरूको मूल्यमा आएको वृद्धि हो, जसमा विशेषगरी चिनियाँ नयाँ वर्षसँग सम्बन्धित मौसमी प्रभावले पनि योगदान दिएको बताइएको […]

अमेरिका–इजरायलको दबाब बढ्दै, इरानविरुद्ध सैन्य रणनीति विस्तार गर्ने तयारी

काठमाडौं । अमेरिकाले इरानलाई स्ट्रेट अफ हार्मोज पुनः खोल्न बाध्य पार्न केही हप्तासम्म चल्ने सैन्य अभियानको योजना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायली रिपोर्टअनुसार, यदि इरानले मार्ग नखोले युद्ध अझ लम्बिन सक्ने संकेत गरिएको छ । अमेरिकास्थित इजरायलका राजदूत येचिएल लाइटरले युद्ध तबसम्म जारी रहने बताएका छन् जबसम्म इरानको इस्लामिक गणतन्त्र शासन पूर्ण रूपमा कमजोर […]

दक्षिण कोरियाली मुद्रा सन् २००९ यताकै कमजोर स्तरमा

काठमाडौं । दक्षिण कोरियाको मुद्रा वोन अमेरिकी डलरको तुलनामा १५०० स्तर नाघ्दै सन् २००९ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व लम्बिन सक्ने चिन्ताले विनिमय दर लगातार बढिरहेको छ । मार्च २३ मा सियोल विदेशी विनिमय बजारमा वोन–डलर विनिमय दर १,५०४.९ वोनबाट कारोबार सुरु भएको थियो, जुन अघिल्लो दिनको तुलनामा ४.३ वोनले […]