किम जोङ-उन पुनः महासचिव, आणविक शक्ति अझ विस्तारको संकेत

सियोल। उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित भएका छन् । राजधानी प्योङयाङमा जारी पार्टी कङ्ग्रेसले उनको नेतृत्वमा आणविक क्षमता विस्तार र सैन्य शक्ति सुदृढीकरणलाई आगामी पाँच वर्षको केन्द्रीय कार्यदिशा बनाउने सङ्केत दिएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार चौथो दिनको बैठकमा हजारौँ प्रतिनिधिहरूको ‘अटल र सर्वसम्मत इच्छा’ […]

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

नयाँदिल्ली। भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ । एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यहरूले विद्रोह अन्त्यतर्फको ‘अन्तिम चरण’ सुरु भएको बताएका हुन् । सरकारी अधिकारीहरूका अनुसार छत्तीसगढमा वर्षौंदेखि सक्रिय रहएका देवजी भनेर पनि चिनिने माओवादी कमान्डर थिप्पिरी तिरुपतिले आत्मसमर्पण गरेका छन । […]

सियोलमा नेपाली राजदूत डा तुम्बाहाङफे सम्मानित

काठमाडौं । दक्षिण कोरियामा रहेका विभिन्न देशका ११६ कूटनीतिक नियोग तथा दूतावासमध्ये तीन देशका राजदूतलाई ‘उत्कृष्ट राजदूत अवार्ड बेस्ट’ मार्फत विशेष सम्मान गरिएको छ । कोरिया कन्जुमर ग्लोबल काउन्सिलद्वारा सियोलमा आयोजित कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङफेसहित पेरु र किर्गिस्तानका राजदूत रहेकी छन् । । कार्यक्रममा विभिन्न कूटनीतिक व्यक्तित्व, व्यवसायिक प्रतिनिधि तथा समुदायका […]

एलन मस्कको नेटवर्थ ८४५ अर्ब डलर पुग्यो, बने मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति

काठमाडौं । एलन मस्कले इतिहास रच्दै पहिलो व्यक्ति बनेका छन् जसको नेटवर्थ ८४५ अर्ब डलर पुगेको छ ।  उनले स्पेसएक्स र xAI को मर्जरपछि यो अभूतपूर्व माइलस्टोन पार गरेका हुन् । संयुक्त कम्पनीको मूल्य १.२५ ट्रिलियन डलर पुगेको छ । मस्कको सम्पत्ति अब टेस्लाको सट्टा स्पेसएक्ससँग बढी जोडिएको छ। स्पेसएक्स मस्कको सम्पत्तिको मुख्य हिस्सा बनिसकेको […]

ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन

कोपनहेगन। डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा सहायता आवश्यक नभएको स्पष्ट पारेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अस्पताल जहाज स्वायत्त डेनिस क्षेत्रमा पठाइरहेको दाबी गरेपछि उनले यो कुरा सार्वजनिक रूपमा बताएका हुन् । लुन्ड पौल्सेनले भने, “ग्रिनल्यान्डको जनसङ्ख्याले आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्छ । उनीहरूले यसलाई या त ग्रिनल्यान्डमा प्राप्त […]

अदालतको फैसला र अमेरिका–चीन अन्योल

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउँदै आएका व्यापक करलाई अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएपछि अमेरिका–चीन व्यापार सम्बन्ध नयाँ अनिश्चिततामा प्रवेश गरेको छ । अदालतको शुक्रबारको फैसलाले बेइजिङको हात केही बलियो देखिए पनि विश्लेषकहरूले ट्रम्पसँग कर लगाउने वैकल्पिक कानूनी उपायहरू अझै बाँकी रहेकाले स्थिति जटिल नै रहने आँकलन गरेका छन् । ट्रम्पको बहुप्रतीक्षित बेइजिङ भ्रमणअघि दुवै […]

राजदूतको टिप्पणीपछि क्षेत्रीय आक्रोश

जेरुसेलम । इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायललाई मध्यपूर्वको विशाल भूभागमा बाइबलीय अधिकार रहेको सङ्केत दिएको टिप्पणीपछि अरब र मुस्लिम देशहरू एकै स्वरमा विरोधमा उत्रिएका छन् । एक दर्जनभन्दा बढी सरकार तथा तीन प्रमुख क्षेत्रीय संस्थाले संयुक्त वक्तव्य जारी गर्दै उक्त अभिव्यक्तिलाई ‘खतरनाक र भडकाउने’ भन्दै कडा निन्दा गरेका छन् । पूर्व बाप्टिस्ट पादरी […]

किम जोङ उन : उत्तर कोरियाली जनताको जीवनस्तर सुधार्ने वाचा

सियोल। उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको दुर्लभ वर्कर्स पार्टी सम्मेलनको उद्घाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा गरेका छन् । सम्मेलनले प्योङयाङमा राज्यको सबै क्षेत्रमा निर्देशन र कार्यान्वयनका योजना प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताइएका छन् । किमले भाषणमा भने, “हाम्रो पार्टीले आर्थिक निर्माण र जनताको […]

हमासः गाजाको पुनर्निर्माण आक्रमण रोकिएपछि मात्र सुरु हुनुपर्छ

गाजा सिटी । प्यालेस्टिनी इस्लामवादी आन्दोलन हमासले गाजाको भविष्यबारेको राजनीतिक प्रक्रिया इजरायली ‘आक्रमण’ पूर्ण रूपमा रोकिएपछि मात्र सुरु हुनुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डको पहिलो बैठकपछि बिहीबार जारी विज्ञप्तिमा हमासले नाकाबन्दी हटाउने, जनताको वैध राष्ट्रिय अधिकार सुनिश्चित गर्ने र स्वतन्त्रता तथा आत्मनिर्णयको अधिकारलाई पहिलो प्राथमिकताका रूपमा राख्नुपर्ने जोड दियो । ट्रम्पको बोर्डको […]

एपस्टिन सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितहरूका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख अमेरिकी डलरसम्म भुक्तानी गर्न सहमति जनाएको प्रस्तावित अदालतको फैसलामा उल्लेख गरिएको छ । बिहीबार दायर गरिएको उक्त प्रस्तावले लामो समयदेखि विवादित रहेका दाबीहरूलाई सामूहिक रूपमा समाधान गर्ने बाटो खोलेको छ । फैसलाअनुसार यो […]