कतारको प्रमुख ग्यास केन्द्रमा इरानी मिसाइल आक्रमण, ठूलो क्षति भएको दाबी

काठमाडौं । मध्यपूर्व क्षेत्रमा पछिल्लो समय तनाव तीव्र रूपमा बढिरहेको अवस्थामा कतारको प्रमुख ग्यास उत्पादन केन्द्र रास लाफान औद्योगिक सहरमा भएको इरानी मिसाइल आक्रमणले विश्वको ध्यान आकर्षित गरेको छ । कतार सरकारले यस आक्रमणलाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको गम्भीर खतरा र सार्वभौमिकताको उल्लंघनको रूपमा व्याख्या गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणबाट ठूलो क्षति […]

निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो

काठमाडौं । कमजोर आन्तरिक तथा चिनियाँ मागबीच पनि निर्यातमा सुधार आउँदा जापानको व्यापार स्थिति फेब्रुअरीमा उल्लेखनीय रूपमा उल्टिएको छ । सरकारी तथ्याङ्कअनुसार एक महिनाअघि घाटामा रहेको जापानले फेब्रुअरीमा ५७ अर्ब ३० करोड येन (करिब ३६ करोड डलर) को व्यापार अधिशेष हासिल गरेको छ । वित्त मन्त्रालयले सार्वजनिक गरेको मौसमी रूपमा समायोजित प्रारम्भिक तथ्याङ्कले निर्यात ४.२ […]

दक्षिण कोरियामा रोजगारी वृद्वि

सियोल। पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारीक तथ्याङ्कले बुधवार देखाएको छ । तथ्याङ्क मन्त्रालयको तथ्याङ्क अनुसार १५ वर्ष वा सो भन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दुई लाख ३४ हजार अथवा ०.८ प्रतिशतले बढेर फेब्रुअरीमा दुई करोड ८४ लाख १३ हजार पुगेको छ । यो गत वर्षको सेप्टेम्बर पछि सबै भन्दा […]

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

काठमाडौं । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन (इभी) प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ । बढ्दो विद्युत् मागले देशको विद्युत् प्रणालीमा दबाब सिर्जना गरेपछि यस्तो अपिल गरिएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति अनुरा कुमार दिसानायकले राति घर फर्किएपछि धेरै इभी प्रयोगकर्ताले गाडी चार्ज गर्दा ग्रिडमा करिब ३०० […]

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै: संयुक्त राष्ट्र

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व खाद्य कार्यक्रमले सन् २०२६ सम्म विश्वमा तीव्र खाद्य अभाव झेल्ने मानिसहरूको सङ्ख्या नयाँ रेकर्डमा पुग्न सक्ने जनाएको छ । द्वन्द्व लम्बिँदै गएमा थप करिब ४ करोड ५० लाख मानिस खाद्य असुरक्षामा पर्न […]

क्युबा विरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिनु भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले टिप्पणी गर्दै अमेरिकाले क्युबामा आफ्नो प्रभाव विस्तार गर्न सक्ने चेतावनी दिएका हुन । हालको विषम परिस्थितीले वासिङ्टनलाई क्युबा माथि चाँडै कारबाही […]

मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत

पेरिस। मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको छ । इजरायली सेनाले बुधबार दक्षिणी लेबनानका चार सहरका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै इरान समर्थित हिजबुल्लाहविरुद्ध लक्षित आक्रमण […]

युद्धकाबीच इजरायलको सेयर बजार हालसम्मकै उच्च विन्दु नजिक, १ वर्षमा ६४ प्रतिशत बढ्यो

काठमाडौं । मध्यपूर्वमा तनाव चुलिँदै गएको अवस्थामा इजरायलको तेल अवीभ स्टक एक्सचेन्ज अप्रत्याशित रुपमा तीव्र उकालो लागेको छ । इजरायल र इरानबीचको द्वन्द्वका कारण विमानस्थलहरु बन्द र जनजीवन प्रभावित भइरहेका बेला पनि सेयर बजार भने उच्च विन्दुमा पुगेको छ । स्टक एक्सचेन्जको मुख्य सूचकांक ‘टीए-१२५’ करिब ४ हजार १०० अंकमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा […]

अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

बेइजिङ । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन, र जति सक्दोे छिटो वार्ता को माध्यामबाट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आह्वान गरेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताए । अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या […]

अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

बेइजिङ। चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन, र जति सक्दोे छिटो वार्ता को माध्याम ाबट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार आह्वाहान गरेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा उनले यस्तो बताए । अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या […]