५ अंकले बढ्यो नेप्से, ३८ करोडले घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिनदेखि निरन्तर बढेको शेयर बजार मंगलबार पनि बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ अंकले बढेर ४४०.१४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२२ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स […]

एनएमबि क्यापिटल ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ निष्कासन गर्दै

काठमाडौं । एनएमबि क्यापिटलले आगामी माघ २४ गतेदेखि आफ्नो सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ को इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ। क्यापिटलले एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजना सञ्चालनका लागि माघ २४ गतेदेखि इकाई निष्कासन गर्न लागेको हो । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत यो योजना सञ्चालन गर्न लागेको हो । दश वर्षे […]

एनएलजी इन्स्योरेन्सको ९३ लाख  कित्ता हकप्रद शेयर  बाँडफाँट

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले माघ ६ गते कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूबाट रितपूर्वक प्राप्त आवेदनहरूलाई समावेश गरी ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत […]

इन्फिनिटी लघुवित्तको आठौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमवार आफ्नो आठौं वार्षिक स्थापना दिवस मनाएको छ । संस्थाले २०७३ माघ ७ गतेदेखि कारोबार शुरू गरेको थियो । संस्थाको चुक्ता पूँजी रू।४९ करोड ७४ लाख १५ हजार ९४२ रहेको बताइएको छ । देशभर लघुवित्त सेवा विस्तार गर्ने योजना अनुसार संस्थाका कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थामा दोहोरोपनामा कमी […]

स्वास्थ्यकर्मीहरुलाई शेयर बजारमा लगानी गर्न सघाउन ‘डक्टर्स पिएमएस’ बजारमा

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई शेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको शेयर भएपछी सो […]

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ आजबाट खुल्ला

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो जारी पूँजी पचहत्तर करोडको ३० प्रतिशतले  हुन आउने बाइस करोड पचास लाख रुपैंया रकम बराबरको प्रति शेयर रु. १ सयका दरले २२ लाख ५० […]

६ अंकले बढ्यो शेयर बजार, साढे ६ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार पनि सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१० अंकले बढेर ४३९.१४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२८ अंकले र सेन्सेटिभ फोल्ट […]

प्रभु बैंकको दोस्रो त्रैमाससम्ममा नाफा ८५ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैङ्कले  आर्थिक वर्ष २०८१/०८२ को को दोस्रो त्रैमास सम्मको अपरिस्कृत बित्तिय बिबरण सार्वजनिक गरेको छ । बैङ्कले सार्वजनिक गरेको बित्तिय बिबरण अनुसार  बैंकको नाफा बढेको छ । यसअवधिमा खुद नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक बर्ष २०८१\०८२ को दोस्रो त्रैमासमा  २ अर्ब ८३ करोड बढी खुद नाफा कमाएको छ ।  बैंकले आज प्रकाशन गरेको बिबरण अनुसार  ६ महिनामा  २ अर्ब ८३ करोड २३ लाख २६ हजार नाफा कमाएको छ । बैंकले गत आव सोहिको तुलनामा बैंकको खुद नाफा ५७.१८ प्रतिशतले नाफा कमाएको थियो […]

नेको इन्सुरेन्सले हकप्रद निष्काशनको लागि माघ १८ गते बुक क्लोज गर्ने

काठमाडौं । नेको इन्सुरेन्स लि.को  साधारण शेयरको हकप्रद निष्काशनको लागि माघ १८ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले  नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०.२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ । जसअनुसार […]