८ कारोबार दिनमा ३ खर्बले घट्यो सेयर लगानीकर्ताको सम्पति, वित्तीय रिपोर्ट सुधारिएको आउँदा पनि किन बढेन इन्भेष्टरको मनोबल ?

काठमाडौं । पछिल्लो ८ कारोबार दिनमा सेयर लगानीकर्ताको सम्पति २ खर्ब ९७ अर्ब ५८ करोड रुपैयाँले घटेको छ । अर्थात, गत जुलाई २९ मा नेप्सेको बजार पुँजीकरण ५० अर्ब ९ अर्ब ४६ करोड रुपैयाँ थियो । अगस्ट ११ सम्म आइपुग्दा उक्त पुँजीकरण ४७ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ । अर्थात, जुलाई २९ […]

सिटी होटलको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटी होटल लिमिटेडको ८० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ९६१.१५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ५७८.४२ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

सिद्धार्थ क्यापिटलका ३ वटा फन्डहरुले कति घोषणा गरे प्रतिफल ?

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत संचालनमा रहेका बन्दमुखी योजनाहरु सिद्धार्थ इक्विटी फन्ड , सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले लाभांश घोषणा गरेका छन् । जसमध्ये, सिद्धार्थ इक्विटी फन्डले २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले २० र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले १७ प्रतिशत लाभांश घोषणा गरेका हुन् ।

२७.९० अंकले नेप्से घट्दा १ अर्ब ६८ करोडले बढ्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.७४ अंकले घटेर ४८५.४१ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.१० अंकले र सेन्सेटिभ इन्डेक्स १.७३ अंकले घटेको हो । […]

रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा घिमिरे नियुक्त

काठमाडौं । रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई साउन २९ गतेबाट लागू हुनेगरी नियुक्त गरिएको हो । साउन २९ गतेबाट रिक्त हुन लागेको सो पदमा घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गरिएको हो ।

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस शेयर दिएर शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई अघिल्ला दुई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो। सञ्चालक समितिले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ […]

नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने अवधि थप

काठमाडौं । नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने अवधि थपेर भदौ २ गतेसम्म कायम गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर ३४.७८३ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। हकप्रद निष्कासनका लागि कम्पनीले गत जेठ […]

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला अवधि थप गरेको छ । कम्पनीले २०८२ जेठ ३० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुको लागि १० कित्ता साधारण शेयर बराबर ३.४७८ ३ कित्ता शेयर (१०:३.४७८३) को अनुपातमा १ सय अङ्कित दरको ६५,७६,९६७.७६ कित्ता हकप्रद साधारण शेयरको २०८२ साउन ०६ गतेदेखि २०८२ साउन २६ […]

माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणको लागि बिक्री खुल्ला

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ आजबाट सर्वसाधारणको लागि बिक्री खुल्ला हुँदैछ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानिय र श्रम स्कृति लिएर बैदेशिक रोजगारीमा रहेका नेपालीलाइ आइपिओ बितरण पश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी […]

कृषि विकास बैंकको नाफा ४ अर्ब १५ करोड, खुद ब्याज आम्दानी घट्दा पनि यसकारण आयो सुधार

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म  ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२८ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १० अर्ब […]