सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल धितोपत्र बोर्डबाट साढे २ अर्बको ऋणपत्र (डिबेन्चर) निष्काशनका लागि अनुमति पाएको छ । बैंकले ७.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा सम्पत्ति धितोमा नराखी लामो अवधिका लागि ऋण उठाउने वित्तीय औजारलाई ऋणपत्र भनिन्छ । […]

