१०१ प्रतिशतले बढ्यो एपोलो हाइड्रोको सेयर मूल्य 

काठमाडौं । यो साता सेयर बजारमा एपोलो हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यो साता यो कम्पनीको सेयर मूल्यमा १०१.०५ प्रतिशतको वृद्धि भएको हो । गत साता ४५५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको सेयर मूल्य यस साता ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यो पछिल्लो पटक नेप्सेमा सूचीकृत भएर […]

२ करोड बढी कित्ता सेयर नेप्सेमा सूचीकृत 

काठमाडौं । यो साता नेप्सेमा २ करोड भन्दा बढी कित्ता सेयर सूचीकृत भएका छन् । यो साता तीन कम्पनीको कुल २ करोड ९ लाख ८ हजार ९८८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका हुन् । यस साता नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।  त्यस्तै याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ […]

२१ अंकले घट्यो नेप्से परिसूचक : कुन उपसूचक कति बढ्यो? कति घट्यो?

काठमाडौं । यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २७२४.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.८० प्रतिशत अर्थात २१.९२ अंक घटेर २७०२.११ विन्दुमा बन्द भएको छ । यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने […]

१.६३ अंकले बढ्यो नेप्से ,कारोबार रकममा पनि वृद्धि

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १. ६३ अंकले  बढेर २७०२.११ बिन्दुमा पुगेर बन्द भएको छ ।   यस दिन सेन्सिटिभ इन्डेक्स ०.३१, फ्लोट इन्डेक्स ०.११ र सेन्सिटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले बढेको छ । ३५३ कम्पनीको १० कारोड ९२ लाख २ हजार ५२५ कित्ता सेयर ६१ हजार १७० पटक खरिद बिक्रि हुदा ४ अर्ब ५३ […]

एक-एक घण्टाको बजार उतारचढाव हेरेर सरकारले नीति बनाउँदैन: डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सेयर बजारको क्षणिक उतारचढावलाई भन्दा दीर्घकालीन नीतिगत सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सरकार एक–एक घण्टाको बजार सूचक हेरेर नभई समग्र पूँजी बजारलाई पारदर्शी र स्थिर बनाउने योजनाका साथ अघि बढेको स्पष्ट पारे। “सरकार एक–एक घण्टाको बजार उतारचढाव हेरेर नीति […]

नेप्सेमा २ हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको कुल ७० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा २८ लाख कित्ता सर्वसाधारणमा वितरण गरिएको सेयर र ४२ लाख कित्ता संस्थापक समूहको सेयर रहेको छ । नेप्सेले कम्पनीलाई ‘YMHL’  सिम्बोल दिएको […]

युनाइटेड अजोड इन्स्योरेन्सले प्रस्ताव गर्‍यो पाँच प्रतिशत लाभांश

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको ६२औं बैठक ले उक्त निर्णय गरेको हो। कम्पनीले बीमा ऐन, २०७९ तथा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० बमोजिम आर्थिक वर्ष २०८१/८२ सम्मको वित्तीय […]

मौद्रिक नीतिका लागि एसबिएनका ६ बुँदे सुझावः मार्जिन कारोबार कर्जालाई छुट्टै वर्गीकरण गर्न माग

काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एसबिएन) ले आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आफ्नो सुझाब दिएको छ । एशोसिएसनले केन्द्रीय बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा विभिन्न ६ बुँदे सुझाव पेस गरेको हो । एसबिएनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमार्फत गर्भनरसमक्ष धितोपत्र बजारको विकास, तरलता व्यवस्थापन र लगानीकर्ताको […]

संस्थापक सेयर खरिदमा राष्ट्र बैंकद्वारा कडाइः वास्तविक धनीको ‘पारिवारिक विवरण’ खुलाउनुपर्ने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयर खरिदबिक्री तथा नामसारी प्रक्रियालाई थप पारदर्शी र कसिलो बनाएको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै नयाँ सर्कुलर जारी गरेको हो । राष्ट्र बैंकले ठूलो परिमाणमा […]

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.०६ अङ्कले घटेर २७००.४७ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ इन्डेक्स ०.७७ अङ्कले घटेको छ भने फ्लोट इन्डेक्स ०.३३ अङ्कले घटेको छ र सेन्सिटिभ फ्लोट  इन्डेक्स ०.३४ अङ्कले घटेको छ । यस दिन कारोबार रकममा पनि घटेको छ ।  बुधबारको तुलनामा कारोबार रकम २३ करोड  […]