सिटि होटल लिमिटेडको शेयरधनी दर्ता पुस्तिका बन्द हुने

काठमाडौं । सिटि होटल लिमिटेड हकप्रद शेयर निष्काशनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ  । सिटि होटल लिमिटेडको हाल कायम चुक्ता पूँजी एक अर्ब सतसठ्ठी करोड चालीस लाखको  प्रति शेयर अंकित मूल्य १ सयका दरले  १,६७,४०,००० कित्ता साधारण शेयरको १ : ०.८ (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.८ कित्ता साधारण शेयर) […]

मार्जिन कारोबार व्यवस्थित गरि सञ्चालन गर्न कार्यदल गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी व्यवस्थालाई व्यवस्थित गरि सञ्चालनमा ल्याउन   ब४ सदस्यीय समिति गठन गरेको छ। बोर्डले कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो । धितोपत्र बोर्डका अनुसार सुपरभिजन प्रमुख रुपेश केसी, कानून विभागबाट निरञ्जय घिमिरे, रेगुलेसन विभागबाट अम्बिका गिरी र एक सदस्य ब्रोकर नियमन बिभागबाट गरेर ४ […]

शिव श्री हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिव श्री हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २८५.६५ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य १९२.८३ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ ।

स्वाभिमान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।  

लगानीकर्ता प्यानिक अवस्थामा, बजार दोहोरो अंकले घट्यो, फाइनान्स बाहेक सबै उपसमूहमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार नेप्स सूचक दोहोरो अंकले घटेको छ । बजार ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा झरेको छ । आज १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार भएका ३१८ स्क्रिप्टमध्ये ५२ वटाको भाउ बढेको छ भने १९८ वटा घटेको छ । यता, ५ वटा कम्पनीको […]

आइपीओ अनुमति पर्खिरहेको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सको नाफा १२ लाख ७५ हजार, प्रतिसेयर आम्दानी २४ पैसा

काठमाडौं । आइपीओ अनुमति पर्खिरहेको प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको असारसम्म १२ लाख ७५ हजा रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ७९.५९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ७ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो । यो माइक्रो इन्सुरेन्सको बिमा शुल्क संकलन ४७ लाख ३० हजारबाट बढेर ५ […]

महुली लघुवित्तको नाफामा भारी वृद्धि, प्रतिसेयर आम्दानी करिब ३१ रुपैयाँ

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ यस्तो […]

रिभर फल्स पावरले हकप्रद सेयरका लागि तोक्यो बुक क्लोज मिति

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसआधारमा साउन २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।  हाल यसको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ […]

नेपाल पुनर्बिमा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीले अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले आगामी साधारण सभामा हकप्रद प्रस्ताव पेश गर्ने निर्णया गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १३ […]

शिव श्री हाइड्रोपावरको हकप्रद सेयरः आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने

काठमाडौं । शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । अर्थात, आजसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको हकपद्र भर्न पाउनेछन् । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ साउन १६ गते बुकक्लोज गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस […]