तेह्रथुम पावरको हकप्रदमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले  हकप्रदमा आवेदन दिन सकिने मिति यसअघि साउन ४ गतेसम्म तोकेकोमा पर्याप्त आवेदन नपरेपछि साउन ११ गतेसम्मका लागि म्याद थप गरेको थियो । कम्पनीले गत असार १६ गतेदेखि चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो […]

बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन दुवै बढ्यो, यसले के संकेत गर्छ ?

काठमाडौं । १ वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशत बढेको छ । २०८१ असार ३१ गते बैंकहरुले कुल ५७ खर्ब ५४ अर्ब रुपैयाँ भन्दाधेरैको निक्षेप संकलन गरेका थिए । २०८२ असार ३१ सम्म आइपुग्दा निक्षेप संकलन ६५ खर्ब ३० अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । निक्षेप संकलन ७ खर्ब ७६ अर्बले बढेको हो । […]

रिभर फल्स पावरले पायो हकप्रद बिक्रीको अनुमति

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १:१ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ प्रतिकित्ताको दरले ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

पिपुल्स पावरको लक इन अवधि कहिले सकिंदैछ ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि भदौ १२ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सर्वसाधारणलाई २०७९ भदौ १२ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट […]

टेस्लाको सेयर भाउमा गिरावट आउँदा एलन मस्कको सम्पत्ति १७ अर्ब डलरले घट्यो

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बिहीबार १७ अर्ब अमेरिकी डलरले घटेको छ । टेस्ला सेयर भाउमा आएको गिरावटका कारण उनको नेटवर्थ घटेको हो । टेस्लाको सेयर बिहीबार ८.२० प्रतिशत घटेर प्रतिकित्ता ३०५ डलरमा झरेको छ । दोस्रो त्रैमासिक आय विवरण सार्वजनिक भएपछि कम्पनीको सेयरमा अचानक गिरावट आएको हो । टेस्लाले एक […]

फेदीखोला हाइड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ प्रस्ताव सहित साउन ३० गते साधारण सभा बोलाएको छ । सभा डीडीआई ब्यांकेट बुद्धनगर, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि […]

स्वस्तिक लघुवित्तको आईपीओमा विदेशमा रहेका नेपालीले आजसम्म आवेदन दिन पाउने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फ्नो जारी पूँजी पाँच करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने दुई करोड ३१ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँको अंकित दरको […]

नबिल बैंकको ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडको ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७% नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्रको बिक्री निष्काशन जारी छ । गत असार ६ गतेदेखि बिक्री खुला गरिएको उक्त ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । प्रति ऋणपत्र रु. एक हजार अङ्कित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ […]

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आईपीओमा यसअघि नै मागभन्दा २.२५ गुणा बढी आवेदन परिसकेको छ । सीडीएसका अनुसार हीबार बिहान १०ः६ बजेसम्म ५१ हजार ७५९ जनाले ११ लाख ४६ हजार ५६० कित्ताका लागि ११ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको […]

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज शुक्रबार (साउन ९ गते) अन्तिम दिन हो। यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति […]