चार दिन पछि बढ्यो शेयर बजार, नेप्से र कारोबार रकम सामान्य अंकले बढ्यो
काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । आइतबार देखि घटेको शेयर बजार बिहीबार बढेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.२३ अंकले बढेर ४४७.२६ विन्दुमा पुगेर बन्द भएको छ । […]

