कामना विकास बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले ४० हजार ३३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थापक शेयर बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले खरीद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबार असार २३ गतेबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको […]

सन् नेपाल लाइफको अवितरित सवा २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार देखि अवितरित सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले यसअघि वैशाख ३० देखि असार ३ गतेसम्म १ः०.२७ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले […]

गर्जाङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी दुई पक्षीय सम्झौता हालै सम्पन्न भएको छ । सम्झौताअनुसार, मुक्तिनाथ क्यापिटलले गर्जाङ उपत्यका हाइड्रोपावरको सार्वजनिक सेयर निष्कासन प्रक्रियालाई अगाडि बढाउन बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा गर्जाङ उपत्यका हाइड्रोपावरका अध्यक्ष अरुण कुमार सुवेदी […]

दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

कर्णाली। दरमखोला हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ ,IPO) मा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असार ९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले गुल्मी र बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि १० […]

हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति

काठमाडौं । हिमालयन बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न अनुमति पाएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्नेछ। आइतबार बजार बन्द हुँदा हिमालयन बैंकको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ रहेको थियो। यस एफपीओको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल तोकिएको छ। बैंकमा […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको  २,१०५, ६७५  कित्ता संस्थापक शेयर  बिक्रिमा रहेको छ । बिक्रिमा रहेको सो संस्तापक शेयर खरिद गर्न चाहने खरिद गर्न इच्छुकन शेयरधनी वा विद्यमान संस्थापक शेयरधनी बाहेकका व्यक्ति / संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको Fit & Proper Test को मापदण्ड पुरा हुने आवश्यक कागजात सहित आजको  १५ दिन भित्र बैंकको […]

निरन्तर ६ दिन बढ्यो शेयर बजार, २७०६ मा नेप्से पुग्दा साढे १४ करोडले घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेको छ, यो सँग गत आइतबार देखि बढेको शेयर बजारले निरन्तरता पाएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६७ अंकले घटेर ४६३.७९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट […]

माछापुच्छ्रे क्यापिटल तथा अप्पर स्याङ्गे हाईड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेड बिच अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्न असार २२ गते सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र […]

धितोपत्र ब्रोकर चुक्ता पुँजी वृद्धि: चैत मसान्तसम्म समय थप्ने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तोकेको चुक्ता पुँजी पुर्याउन धितोपत्र ब्रोकर कम्पनीलाई समय थप गर्ने भएको छ । ब्रोकरहरुलाई चुक्ता पुँजी पुर्याउन असार मसान्तसम्मको समय सीमा दिइएको थियो । उक्त समय सीमा सकिँदै गर्दा सेबोनले पुँजी वृद्धिका लागि थप अवधि उपलब्ध गराउन लागेको हो । सेबोनले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पूँजी र्पुयाउने […]

राप्ती हाइड्रोको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले यस अघि असार २२ गतेसम्मको निष्कासन अवधि तय गरेकोमा त्यसमा दुई दिन थप गरी असार २४ गतेसम्म कायम गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार […]