CLI
Global College

एनआरएन इन्फ्रास्ट्रक्चरले आइपीओ निष्कासनको तयारीमा रहेको वर्णबास म्युजियम होटलको १० लाख कित्ता सेयर खरिद गर्ने

काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्युजियम होटलको सेयर खरिद गर्ने भएको छ । यस कम्पनीको असार २८ गते बसेको सञ्चालक समिति बैठकले वर्णबास म्युजियममा १४.२ प्रतिशत (संस्थापक समूह) सेयर स्वामित्व रहने गरी सेयर खरिद सम्झौता गरेको छ ।

कम्पनीले १० लाख कित्ता सेयर प्रतिकित्ता १२५ रुपैयाँका दरले खरिद गर्ने भएको हो । वर्णबास म्युजियम होटल आइपीओ बिक्रीको तयारीमा रहेको छ । कम्पनीले गत वर्षको वार्षिक साधारण सभामा आइपीओ प्रस्ताव पेश गरेको थियो ।

 

Leave Your Comment

Related News