नेपालका सूचना प्रविधि कम्पनीहरूले विदेशमा लगानी गर्न मिल्ने, प्रविधि उद्योगका लागि ऐतिहासिक सफलता

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड  आईटी सर्भिसेस् कम्पनीज् (नास–आईटी)ले नेपाल राष्ट्र बैंकद्वारा ल्याइएको ऐतिहासिक नीतिगत सुधारको हार्दिक स्वागत गर्दछ। यसले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जमाउन चाहने नेपाली प्रविधि कम्पनीहरूका लागि लामो समयदेखिको अवरोध हटाएको छ। नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा गरिएको चौथो संशोधन मार्फत् २०८२ साल असार […]

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीचको फ्रिक्वेन्सी शुल्क विवाद सर्वोच्च अदालतमा

काठमाडौं । दुई सरकारी निकाय नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सेवा प्रदायक नेपाल टेलिकमबीचको फ्रिक्वेन्सी दस्तुर सम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ । फ्रिक्वेन्सी दस्तुर सम्बन्धी विवादमा नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण विरुद्ध दायर गरेको मुद्दामा उच्च अदालत पाटनले सेवा प्रदायको पक्षमा फैसला गरेपछि नियामक सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेको हो । २०८२ वैशाख १७ गते […]

आईएमई पे र खल्ती एकआपसमा गाभिए, नयाँ नाम आईएमई खल्ती

काठमाडौं । आईएमई डिजिटल सोलुसनअन्तर्गतको आईएमई पे र खल्ती प्राइभेट लिमिटेड आपसमा गाभिएका (मर्ज) भएका छन् । मर्जपछिको नयाँ नाम आईएमई खल्ती लिमिटेड हुनेछ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त यी दुई संस्थाले अनुमति प्राप्त गरिसकेका छन् । मर्जपश्चात नयाँ नामबाट कम्पनी साउन १ गतेदेखि सञ्चालनमा आउनेछ ।

एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरु

काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा सुरू गरेको ‘लीग अफ क्रिएटर्स’ अभियान अन्तर्गत यही असार ७ र ८ गते मेन्टर वर्कशप आयोजना गर्दैछ । यो वर्कशपमा देशभरीबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरुले विषेश प्रशिक्षण दिने एनसेलले जनाएको छ । कन्टेन्ट क्रियसनमा लागेका विशेष गरी युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यसहित एनसेलले सुरू गरेको यस अभियानको ग्राण्ड […]

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार

काठमाडौं । अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना संचालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही […]

गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै

ढोरपाटन -बागलुङ । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ। पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन्। यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन्। कास्कीमा एक हजार ६८३ र मनाङमा तीन जनाले उजुरी दिएका छन्। नेपाल प्रदेश […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तर निर्णय बमोजिम उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न जिम्मेवारी दिएको हो । टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडी बिलिङ प्रणालीमा अनियमितता र आर्थिक हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी […]

एनसेलले बढायो ‘लीग अफ क्रिएटर्स’मा सहभागी हुने म्याद असार १ सम्म

काठमाडौं । एनसेलले आयोजना गर्न लागेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा सहभागी हुनका लागि भिडियो पोष्ट गर्ने अन्तिम म्याद पाँच दिनले थपिएको छ । अब ईच्छुक सहभागीहरुले आफ्नो भिडियो असार १ गते आइतबारसम्म पोष्ट गर्न सक्छन् । कम्पनीले अपट्रेन्डलीसँगको सहकार्यमा देशभर फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य सहित यो अभियान संचालन […]

नेपाल टेलिकमको विलिङ प्रणाली खरिद प्रकरणः सञ्चालक समितिका सदस्यहरू भने आरोप मुक्त

काठमाडौं । नेपाल टेलिकमको नयाँ विलिङ प्रणाली खरिदमा भएको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनीका तत्कालीन र वर्तमान गरी १८ जनाविरुद्ध मुद्दा दायर गरे पनि सञ्चालक समितिका तत्कालीन अध्यक्ष तथा सदस्यहरू भने कानुनी कारबाहीको दायराबाट बाहिर रहेका छन्। अख्तियारले ३३ करोड ४८ लाख रुपैयाँ बराबरको भ्रष्टाचारको आरोपमा प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा […]

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त भएका छन् । टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।