नेपालमा सामसङ ग्यालेक्सी बड्स कोर सार्वजनिक, किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई

काठमाडौं । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, ग्यालेक्सी बर्ड कोर , नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ। जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (एएनसी), र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र ७ हजार ३९९ रुपैयाँको […]

माछापुच्‍छ्रे बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५’ मा ‘बिजनेस मोडेल इनोभेसन’ विधामा प्लाटिनम अवार्डबाट सम्मानित

काठमाडौं । माछापुच्‍छ्रे बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधा अन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो । इन्फोसिस फिनाकलद्धारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी […]

टेरामक्स भ्रष्टाचार मुद्दाः पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित

काठमाडौं । ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा देखिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा संलग्न देखिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्। अदालत प्रशासनका अनुसार उनीमाथि हाल विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान लिने कार्य जारी छ। बयान सम्पन्न भएपछि आजै थुनछेक […]

नागढुंगा सुरुङ मार्गमा नेपाल टेलिकमको मोबाइल नेटवर्कले मात्र काम गर्ने, नयाँ प्रविधिको प्रयोग हुँदै

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङ मार्ग नागढुंगा–सिस्नेखोलामा मोबाइल नेटवर्क सेवा प्रदान गर्न नेपाल टेलिकमले तयारी सुरु गरेको छ। सुरुङ मार्ग निर्माण भइरहेकै बेला मोबाइल सेवा सुरु गर्ने गरी नेपाल टेलिकम र सडक विभागबीच गत असार १ गते सम्झौता भएको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन्। निर्माणाधीन सुरुङ मार्ग भित्र मोबाइल कभरेज प्रदान गर्न नेपाल […]

विदेशमा रहेका नेपालीको सूचना संकलन  गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

काठमाडौं । श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण संकलन  गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गरेका हुन् । […]

नेपालका सूचना प्रविधि कम्पनीहरूले विदेशमा लगानी गर्न मिल्ने, प्रविधि उद्योगका लागि ऐतिहासिक सफलता

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड  आईटी सर्भिसेस् कम्पनीज् (नास–आईटी)ले नेपाल राष्ट्र बैंकद्वारा ल्याइएको ऐतिहासिक नीतिगत सुधारको हार्दिक स्वागत गर्दछ। यसले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जमाउन चाहने नेपाली प्रविधि कम्पनीहरूका लागि लामो समयदेखिको अवरोध हटाएको छ। नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा गरिएको चौथो संशोधन मार्फत् २०८२ साल असार […]

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीचको फ्रिक्वेन्सी शुल्क विवाद सर्वोच्च अदालतमा

काठमाडौं । दुई सरकारी निकाय नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सेवा प्रदायक नेपाल टेलिकमबीचको फ्रिक्वेन्सी दस्तुर सम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ । फ्रिक्वेन्सी दस्तुर सम्बन्धी विवादमा नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण विरुद्ध दायर गरेको मुद्दामा उच्च अदालत पाटनले सेवा प्रदायको पक्षमा फैसला गरेपछि नियामक सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेको हो । २०८२ वैशाख १७ गते […]

आईएमई पे र खल्ती एकआपसमा गाभिए, नयाँ नाम आईएमई खल्ती

काठमाडौं । आईएमई डिजिटल सोलुसनअन्तर्गतको आईएमई पे र खल्ती प्राइभेट लिमिटेड आपसमा गाभिएका (मर्ज) भएका छन् । मर्जपछिको नयाँ नाम आईएमई खल्ती लिमिटेड हुनेछ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त यी दुई संस्थाले अनुमति प्राप्त गरिसकेका छन् । मर्जपश्चात नयाँ नामबाट कम्पनी साउन १ गतेदेखि सञ्चालनमा आउनेछ ।

एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरु

काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा सुरू गरेको ‘लीग अफ क्रिएटर्स’ अभियान अन्तर्गत यही असार ७ र ८ गते मेन्टर वर्कशप आयोजना गर्दैछ । यो वर्कशपमा देशभरीबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरुले विषेश प्रशिक्षण दिने एनसेलले जनाएको छ । कन्टेन्ट क्रियसनमा लागेका विशेष गरी युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यसहित एनसेलले सुरू गरेको यस अभियानको ग्राण्ड […]

एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैया नगद पुरस्कार र सहभागी सबैलाई उपहार

काठमाडौं । अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना संचालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही […]