पर्सा टेलिकम्यूनिकेसनको अनुमतिपत्र खारेजी
काठमाडौं । नेटवर्क सेवा प्रदायक पर्सा टेलिकम्यूनिकेसन प्रालिको अनुमतिपत्र खारेजी भएको छ। पर्सा टेलिकम्यूनिकेसनले समयावधि भित्र अनुमतिपत्र नवीकरण नगरेकाले खारेजीमा परेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ। पर्सा टेलिकम्यूनिकेसन प्रालि विरगन्ज–८ पर्सालाई २०७६ साउन २२ गते नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र (अनुमतिपत्र नं. भि.ज.६–२४) प्रदान गरिएको छ। पर्सा टेलिकम्यूनिकेसनको अनुमति अवधि २०८१ साउन २१ गतेसम्म रहेको छ। […]

