आईटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य भएको छ । काठमाडौंमा मंगलबार आयोजना भएको एक कार्यक्रममा नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा नास आईटीका अध्यक्ष रिचन श्रेष्ठ र […]

भरतपुरका सबै वडामा ‘सिसी क्यामरा’ जडान गरिने

काठमाडौं । भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामरा जडान गरिने भएको छ । महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामरा जडानको प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपीआर) सहित चार सय १८ उच्च क्षमताका क्यामरा जडान गर्न लागिएको हो । उनका अनुसार छवटा कम्पनीको […]

सरकारी सर्भरमा पुन साइबर आक्रमण, करिब २ घण्टा सेवा अवरुद्ध

काठमाडौं । सरकारी सर्भरमा गत बिहीबार पुन साइबर आक्रमण भएको छ। साइबर आक्रमणबाट उक्त दिन करिब २ घण्टा सरकारी वेबसाइटहरु अवरुद्ध हुन पुगेका थिए। उक्त साइबर आक्रमणबाट केही सरकारी वेबसाइट केही समयका लागि पूर्ण डाउन भएको स्रोतले जानकारी दिएको छ। उक्त दिन इक्विटीनेपालले अर्थमन्त्रालय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय लगायतको वेबसाइट नखुल्ने समस्या पहिचान गरेर समाचार […]

अप्टिकल फाइबर काटिएर अवरुद्ध भएको एनसेलको सेवा पुर्ण रुपमा सञ्चालनमा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेवामा देखिएको समस्या समाधान भएको छ। अप्टिकल फाइबर काटिँदा एनसेलको सेवा अवरुद्ध भएको थियो। प्राविधिक टिमको प्रयासमा छोटो समयमा नै सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिएको एनसेलले जानकारी दिएको छ। अप्टिकल फाइबर काटिँदा आज दिउँसो करिब पौने चार बजेतिर एनसेलको सेवामा समस्या उत्पन्न भएको थियो। करिब दुई घण्टाको प्रयास पछि […]

पुँजीगत खर्च वृद्धि गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन् । मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ का कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा बोल्दैँ मन्त्री गुरुङले […]

सुरक्षा कमजोरिका कारण इसेवा गुगल प्लेस्टोरबाट हटेको हैन: इसेवा

काठमाडौं । विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउको लागि नयाँ नीति जारी गरेको छ । उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरु हटाउने गर्दै आइरहेको छ । गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ […]

सरकारी वेबसाइट डाउन

काठमाडौं । सरकारी वेबसाइटमा समस्या आएको छ। बिहीबार नेपाल सरकार केही वेबसाइटमा डाउन भएको हो। के कारणले समस्या भएको भन्ने जानकारी पाउन सकिएको छैन। अर्थमन्त्रालय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय  लगायतको वेबसाइट नखुल्ने समस्या देखिएको छ।

इसेवा एप गुगल प्लेस्टोरमा फिर्ता

काठमाडौं । वालेट सेवा प्रदायक इसेवाको एप गुगल प्लेस्टोरमा फिर्ता आएको छ। यसअघि इसेवा एप गुगल प्ले स्टोरबाट हराएको थियो। नेपालको अग्रणी भूक्तानी सेवा प्रदायक मध्ये एक इसेवा एप गुगल प्ले स्टोरमा उपलब्ध नहुँदा प्रयोगकर्तामा अन्यौला छाएको थियो। एप प्ले स्टोरमा नदेखिए पनि डाउन लोड भएको एपले भने सामान्य रुपमा काम गरिरहेको थियो। अहिले कम्पनी आफैंले […]

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको  छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख  निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे । यो सहकार्यसंगै अब […]

‘टेक एक्स, २०२४’ सप्पन्न, १० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शले आयोजना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’मा १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।  यही साउन १५ गतेदेखि २० गतेसम्म डिल्लीबजारस्थित कलेज परिसरमा आयोजित प्रदर्शनीमा सूचना प्रविधिमा रुचि राख्ने विद्यार्थी, अध्येयता, राजनीतिककर्मी तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ […]