एनसेलले मोबाइल सेवा अनुमति पत्रको तेस्रो नवीकरणका लागि ४ अर्ब बुझायो, अझै १६ अर्ब बाँकी

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जीएसएम सेलुलर मोबाइल अनुमति पत्र (लाइसेन्स)को तेस्रो नवीकरणका लागि ४ अर्ब रुपैयाँ बुझाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलले लाइसेन्स तेस्रो नवीकरण गर्न सोमबार ४ अर्ब रुपैयाँ बुझाएको जानकारी दिए। एनसेलको यही भदौ १६ गते दोस्रो नवीकरणको अवधि सकिँदै छ। दूरसञ्चार ऐन २०५३ अनुसार लाइसेन्स अवधि […]

पौडेलको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी संघ बारा जिल्ला कमिटी गठन

काठमाडौं । नेपाल मोबाइल व्यवसायी संघ बारा जिल्ला कमिटी गठन भएको छ । जीवन शर्मा पौडेलको अध्यक्षमा १४ सदस्यीय मोबाइल व्यवसायी संघ बारा जिल्ला कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा गणेशप्रसाद साह, महासचिवमा श्रीराम पौडेल, सचिवमा रितेश सर्राफ, कोषाध्यक्षमा राजन तिमिल्सिना, सहकोषाध्यक्षमा सोनुकुमार शर्मा चयन भएका छन् । यस्तै सदस्यमा सोनु सर्राफ, अर्जुन गुप्ता, […]

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी ‘आईसीटी एक्सिेलेन्स अवार्ड २०२४’ बाट सम्मान

काठमाडौं। नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठित आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमवार चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई यो अवार्डले सम्मान गरेका हुन् । आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले […]

दूरसञ्चार राजस्व बापतको साढे ५ अर्ब उठाउन महालेखाको सुझाव

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकबाट करिब साढे पाँच अर्ब राजस्व उठाउन महालेखा परीक्षक कार्यालयले सुझाव दिएको छ। आइतबार सार्वजनिक भएको महालेखापरीक्षकको एकसाट्ठिऔं वार्षिक प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायकबाट राजस्व बापतको ५ अर्ब ४७ करोड ६० लाख ८४ हजार रुपैयाँ उठाउन सुझाव दिइएको हो। १४ दूरसञ्चार सेवा प्रदायक संस्थाले पेस गरेको आय वर्ष २०७८/७९ को आय विवरणअनुसारको […]

तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध

काठमाडौं ।  तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ। दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा सोमबार बिहानदेखि अवरूद्ध भएको हो। दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ। घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको र मर्मतका लागि लमहीबाट टोली गएको नेपाल टेलिकम जनाएको छ।

गणतन्त्र दिवसमा नेपाल टेलिकमको ‘रिपब्लिक डे’ अफर

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको ‘रिपब्लिक डे’ अफर उपलब्ध गराएको छ। ‘रिपब्लिक डे’ अफर तीन दिन जेठ १४ र जेठ १६ गतेसम्म लागु हुने नेपाल टेलिकमले जानकारी दिएको छ। यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन […]

१० वर्षमा ७ खर्बको सूचना प्रविधि निर्यात सम्भवः नास–आईटी

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास–आईटी) सरकारले सहयोग गरे आगामी १० वर्षमा ७ खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि (आईटी) मुलुकले निर्यात गर्ने विश्वास व्यक्त गरेको छ। आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि सरकारलाई दिएको सुझावका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा नास–आईटीले यस्तो विश्वास व्यक्त गरेको हो। सरकारले आगामी आर्थिक […]

भारतमा इन्टरनेटको फाइबर काटिँदा नेपालमा सेवा प्रभावित

काठमाडौं । भारतीय भूमिमा इनटरनेट सेवा प्रदायकको फाइबर काटिँदा नेपालमा वर्ल्डलिंकसहितका सेवा प्रभावित भएको छ। सुनौली नाका नजिकको क्षेत्रमा फाइबर काटिँदा शुक्रबार अपराहन्देखि नेपाल इन्टरनेट सेवा अबरुद्ध भएको छ। सीमा नाकामा एयरटेल सहितको फाइबर काटिएको बताइएको छ। एयरटेल नेपालको सबैभन्दा ठूलो ब्याण्डविथ आपूर्तिकर्ता हो। नेपालमा आयात हुने करिब ७० प्रतिशत ब्याण्डविथ एयरटेलले आपूर्ति गर्ने गरेको […]

‘हात हातमा मोबाइल घरघरमा इन्टरनेट’ भन्ने नारा कसैले नपत्याए पनि अहिले प्रविधि एआईसम्म पुग्यो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले पूर्वाधारमा बिस्तारै फड्को मार्न थालेको बताएकी छिन्। गणतन्त्र स्थापनाको अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले काठमाडौँको भद्रकालीमा ‘गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले गणतन्त्र स्थापना भएको १५ वर्षमा ठुला पूर्वाधार विकास निर्माण भएकाले निक्कै धेरै काम भएको […]

जेठ भित्रमा पोल भाडा नतिरे टेलिकमले कोशीमा इन्टरनेट र केबल तार काट्ने

काठमाडौं । नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय, विराटनगरले भाडा नतिर आफ्नो पोल प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक र केबल टिभी अपरेटको तार हटाउने भएको छ। टेलिकमको विराटनगर निर्देशनालयले सूचना जारी गर्दै जेठ महिनामा भित्रमा पोलभाडा बापतको रकम नबुझाए असार १ गतेदेखि तार काट्न सुरु गर्ने चेतावनी दिएको छ। ‘कोशी प्रदेशभि पोलहरु प्रयोग गरेका सम्पूर्ण केबल टिभी […]