‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

काठमाडौं । मंगलबार  सुरु भएको ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सम्पन्नभएको छ  छ ।  माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएर नतिजाको पर्खाइको खाली समयमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको खेल चार दिनसम्म चलेको थियो  । जसमा समृद्धि स्कुल प्रथम बनेको छ । त्यस्तै, हिमचुली स्कुल दोस्रो भएको छ भने स्वप्न भाटिका स्कुल तेस्रो […]

कर प्रणाली सुधार गर्नसके करिब तीन खर्ब राजस्व थपिन्छ

काठमाडौं ।  कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको विद्यमान कर प्रणाली सुधार गर्नसके करिब रु तीन खर्ब राजस्व थपिने देखाएको छ । विभिन्न वस्तुमा दिइएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट खारेज गरिनुपर्ने, आयकरको स्लाब संशोधन गर्नुपर्ने, स्वास्थ्यमा हानी गर्ने वस्तुबाहेकको अन्तःशुल्क हटाउनुपर्ने, हरित कर लगाइनुपर्ने, सामाजिक सुरक्षा करमा परिमार्जन गर्नुपर्ने, नगद […]

गोलभेडाको मुल्य बढ्दा, मालदह आँपको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ ।  हिजो प्रति के जी ३५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५५ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा ५७.१४ प्रतिसतले बढी हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज सामान्य बढेको छ  हिजो प्रति केजी […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारणसभा हुँदै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको को २२औं वार्षिक साधारणसभा असार २३ गते  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बस्ने भएको छ । साधारणसभाले अध्यक्षद्वारा सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरी अनुमोदन गर्ने।,लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, लेखा […]

नेपाललाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गसँग अर्थमन्त्री पुनको आग्रह

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै […]

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

काठमाडौं । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो । हाल सम्म सक्षमद्वारा २,००० भन्दा बढी महिलाहरुले सशक्तिकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् । ‘सक्षम’ कार्यक्रमको […]

रिकण्डीसन अटो व्यवसायीका समस्याबारे राज्य बेखबर

काठमाडौं । पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरू भए पनि त्यसबारे राज्य बेखबर रहेको गुनासो गरेका छन् । सोमबार काठमाडौंको अनामनगरमा अटो क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा उनीहरूले आफ्नो समस्या सार्वजनिक गरेका हुन् । नेपाल रिकण्डीसन अटो व्यवसायी संघका नवनिर्वाचित कार्यसमितिले सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ […]

व्यवस्थित बजार नहुँदा सडकमै आँप किनबेच गर्न बाध्य सिरहाका व्यापारी र उपभोक्ताहरु

काठमाडौं । आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको मुख्य बजारअन्तर्गत पर्ने पूर्व—पश्चिम राजमार्गको सडक किनारमा आँप खरिद बिक्री गर्नेको भीड लाग्ने गरेको छ । सडक किनारमा आँप बिक्री वितरण गर्दा सवारी आगमनमा असर […]

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

काठमाडौं ।  विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत थिए […]