RE
Global College

आलु अझै सस्तियो, कुरीलो ५ गुणाले महँगियो

काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजारमा आलु सस्तिएको छ। भारतीय रातो आलु र रातो आलु दुबै सस्तिएको हो। शनिबार औसत प्रति किलो रातो आलु ५६ रुपैयाँ र भारतीय रातो आलु ४९ रुपैयाँ रहेकोमा आइतबार क्रमश ३५.२० रुपैयाँ र ३३.३६ रुपैयाँमा झरेको छ।

यस्तै स्थानीय र ज्यापु काउलीको पनि मूल्य घटेको छ। स्थानीय काउली शनिबार औसतमा ५० रुपैयाँ प्रति केजी किन बेच भएकोमा आइतबार ४० रुपैयाँ रहेको छ। ज्यापु काउली ५६.६७ रुपैयाँमा कारोबार भइरहेको छ।

शनिबारको तुलनामा आइतबार कुरीलो प्रति केजी ५ गुणाले बढेको छ। शनिबार २२५ रुपैयाँ प्रति किलो औसत मूल्य रहेको कुरीलो आइतबार १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

तरकारीको मूल्य

NECO

Leave Your Comment

Related News