नेप्से परिसूचकमा तीब्र गिरावट

Prabhu
इक्विटी नेपाल – काठमाडौँ :
साताको पहिलो दिन बजार खुलेसंगै निरन्तर ओरालो लाग्न थालेको नेप्से परिसूचक १२९१ बिन्दुसम्म तल झर्न पुगेको छ। १३४५ दशमलव ९९ अङ्कमा खुलेको बजार पहिलो एक घण्टामा तिब्ररुपले गिरावट आउंदै सर्किट ब्रेक लाग्ने अनुमान गरिएतापनि केहि समय बजार सम्हालिन्दै बढ्ने खोजेतापनि फेरिपनि बिक्रिकर्ताहरु हाबी हुँदा परिसूचक अन्तत १३०४ दशमलव ४३ अङ्कमा बजार बन्द भएको छ। 
केहि समय अघि बीबीसी नेपाली सेवालाई दिएको एक अन्तर्वार्तामा नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र रहेको जिकिर गरेको तथ्यले लगानीकर्ताको मनोबलमा कमी आई बजार निरन्तर ओरालो लग्न मद्धत गरेको देखिन्छ। 
आज तिब्ररुपमा बजार ओरालो लागेसंगै सबै उपसुचकहरुमा उच्च अङ्कले गिरावट आएको छ। आज सबैभन्दा धेरै बन्किंगले ३५ दशमलव ४२ अङ्क तथा इन्स्योरेन्स समूहले २८६ दशमलव २० अङ्क गुमाए। आज दिनभरको १५१ वटा कम्पनीहरुको १ अर्ब १४ करोड रुपैया बराबरका १३ लाख ३४ हजार कित्ता शेयरहरु खरिद बिक्रि भएका छन्। 
बजार ओरालो लागेतापनि सुर्योदय लघुवित्त र स्वदेशी लघुवित्तका शेयरको मूल्य बढेको छ। यस्तै धेरै शेयर मूल्य गुमाउने कम्पनीहरुमा हिमालयन डिष्टीलरी, बिशाल बजार कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स , समीट माइक्रोफाइनान्स ,स्वरोजगार लघुवित्त लगायतका कम्पनी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार