नेपाल सीईओ समिट तथा अवार्डको तयारी अन्तिम चरणमा

Prabhu
इक्विटी नेपाल – काठमाडौँ :

बिजिनेस प्लस टेलिभिजन तथा नेपाल सीईओ क्लबको आयोजनामा आगामी फागुन ३० गते काठमाडौंमा आयोजना हुन लागेको ‘ नेपाल सीइओ समिट तथा अवार्ड-२०१८’ को तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रम आउँदो फाल्गुन ३० गते काठमाडौँ स्थित सोल्टी क्राउन प्लाजा होटलमा आयोजना हुँदै छ।
नेपालमा पहिलो पटक आयोजना हुनलागेको यस कार्यक्रममा विभिन्न १७ देशका ३०० जना भन्दा धेरै विभिन्न कम्पनीका सिइओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टर सहभागिता रहने जनाएको छ। यस कार्यक्रम मुख्यतया दुई एजेण्डामा केन्द्रित रहने छ । पहिलो एजेण्डाका रुपमा बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्दाहरु के हुने तथा दोस्रो एजेण्डाका रुपमा ठूला र बहुर्राष्ट्रिय कम्पनीका सफल सिइओ तथा नेतृत्वकर्ताले व्यवसाय सञ्चालनका साथै व्यवस्थापनमा कस्ता उपाय अपनाएका छन भन्ने विषयमा छलफल हुने आयोजकले संस्थाले जनाएको छ।
‘ नेपाल सिइओ समिट तथा अवार्ड-२०१८’ को एउटा आकर्षणका रुपमा रहेको “पपुलर सीईओ अफ द ईयर” रहेको छ। उक्त अवार्डका लागि नोमिनेशनमा परेका विभिन्न कम्पनीका सीईओ तथा प्रमुखहरुलाई एसएमस तथा कार्यक्रम आयोजकको अधिकारिक वेबसाइटमा गई भोटिंग गर्ने सकिने जनाईएको छ। आफुलाई मन पर्ने सीईओलाई आउँदो फाल्गुन ३० गते २०७४ साँझ ६ बजेसम्म भोट गर्न सकिने आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार