RE
Global College

खुल्यो सूर्योदय लघुवित्तको हकप्रद शेयर ! कहाँ जाने भर्न ?


इक्विटी नेपाल – काठमाडौँ :
सूर्योदय लघुवित्त वित्तीय संस्थाले जारी गरेको १० बराबर ७ कित्ता दरले बिक्रि गर्न लागेको हकप्रद शेयरको बिक्रि फाल्गुन २५ गतेदेखि चैत्र २९ गतेसम्म खुल्ला गरेको छ। कम्पनीले २ लाख ८० हजार कित्ता हकप्रद शेयर बिक्रि गर्न लागेको हो। 
यस हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटलले बिक्रि प्रबन्धकको रुपमा कार्य गरिरहेको छ। कम्पनीले निकालेको सूचना अनुसार गत माघ २५ गतेसम्म कायमरहेका शेयरधनीले हाल बिक्रि गरिरहेको हकप्रद शेयर खरिद गर्न पाउछन। 
यस हकप्रद शेयर खरिद गर्न दरखास्त दिन योग्य शेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटल राष्ट्रिय नाचघर, काठमाडौं तथा सूर्योदयको रजिष्टर्ड कार्यालय स्याङ्जालगायत पर्वत, गुल्मी, लमजुङ र प्युठान शाखा कार्यालयबाट पनि आवेदन दिन सक्ने कम्पनीले जारी गरेको सुचनामा जनाएको छ।
NECO

Leave Your Comment

Related News