फेरी खुल्यो सान्जेन र रसुवागढी जलविधुत आयोजना शेयरमा आवेदन !

इक्विटी नेपाल – काठमाडौँ :
फाल्गुन ३० गते सम्म सञ्चय कोषका सञ्चयकर्तालाई प्राथमिक शेयर निस्कासन गरेको सान्जेन र रसुवागढी हाईड्रोपावर कम्पनीले फेरी सिमित लगान्नीकर्ताकालागि शेयर निस्कासन गरेको छ । यस पटक यी दुई कम्पनीले ऋण प्रदायक कम्पनी, सञ्चय कोष र रसुवा जिल्लाका कर्मचारीलाईमात्र आइपिओ बिक्रीमा ल्याएको छ । प्रति कित्ता १०० रुपैयाका यी शेयर चैत्र ५ गते देखि चैत्र १३ गते सम्म खरिदका निमित्त आवेदन दिन सकिने छ ।

यस पटक कसले शेयर भर्न पाउछन ? 

१)  नेपाल विद्युत प्राधिकरणका कर्मचारी
२)  चिलिमे जलविद्युत कम्पनी कर्मचारी
३) रसुवा जिल्लाका कर्मचारीहरु
४)  सञ्चय कोषका कर्मचारीहरु
सान्जेन जलविधुत कम्पनीले कति शेयर दिदै छ ?
१ ) नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत र रसुवा जिल्लाका कर्मचारीहरु :१२ लाख ७७ हजार ५००
२) सञ्चय कोषका कर्मचारीहरु : ३ लाख ६५ हजार कित्ता
३) नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत र रसुवा जिल्लाका कर्मचारीहरुले ५० देखी ३०० किता                 आवेदन   दिन पाउने छन ।
४)  सञ्चय कोषका कर्मचारीहरुले ५० कित्ता देखी १००० कित्ता सम्मा आवेदन दिन पाउने छन् । 
रसुवागढी हाईड्रोपावर कम्पनीले कति शेयर दिदै छ ?
१ ) नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत र रसुवा जिल्लाका कर्मचारीहरु :२३ लाख ९४ हजार ७३५
२) सञ्चय कोषका कर्मचारीहरु : ६ लाख ८४ हजार २१० कित्ता
३) नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत र रसुवा जिल्लाका कर्मचारीहरुले ५० देखी ५०० किता                आवेदन  दिन पाउने छन ।
४) सञ्चय कोषका कर्मचारीहरुले ५० कित्ता देखी २५०० कित्ता सम्मा आवेदन दिन पाउने छन् ।
कसरी शेयर आवेदन दिने ?
सर्वप्रथम डिम्याट खाता हुनै पर्छ । त्यस्पछी आस्वा सदस्य रहेका आफ्नो बैंकको गएर CRN नम्बर लिनु पर्दछ , यो नम्बर एकपटक लिए पुग्छ । CRN नम्बर लिए पस्चात आफ्नो बैंकमा गएर सी आस्वा प्र्णालीबाट शेयर आवेदन दिन सकिने छ अथवा डिम्याट खोलेको ठाउँबाट मेरो शेयरको लगिन लगेर घरमा बसेरै शेयर आवेदन दिन मिल्नेछ । स्मरण रहोस डिम्यात खाता नभए सम्म बैंकमा गएर CRN नम्बर लिन मिल्दैन ।
सान्जेन र रसुवागढी हाईड्रोपावर कम्पनी दुवै चिलिमेका सहायक कम्पनीहरु हुन् । सान्जेन जलविधुत कम्पनीले १४ दशमलव ८० मेगावट र ४२ दशमलव ५० गरी दुईवटा आयोजनाहरु बनाउदै छ भने रसुवागढी हाईड्रोपावर कम्पनीले १११ मेगावटको आयोजना बनाउदै छ
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार