RE
Global College

आरम्भको आईपीओ नेप्सेमा सुचिकृत


इक्विटी नेपाल – काठमाडौँ :
सबैभन्दा चांडो आईपीओ बांडफांड गरेर  ईतिहास रचेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फेरी पनि सबै भन्दा चांडो नेप्सेमा शेयर सुचिकृत गरेर अर्को इतिहास रचना सफल भएको छ। 

गत फाल्गुन १५ गतेदेखि २१ गतेसम्म निस्काशन गरेको १०० रुपैया दरको २ लाख ९४ हजार कित्ता सहित जम्मा ६ लाख कित्ता शेयरहरु नेप्सेमा सुचिकृत गरेको छ।  आज सुचिकृत भएका शेयरहरु एक हप्तापछि किनबेच गर्न सकिने छ। 


एनआईसी एशिया क्यापिटलले साधारण शेयर निष्काशन तथा विक्री प्रबन्धक रुपमा  यस संस्थाको साधारण सेयर निस्काशन सम्पन्न गरि २ दिन भित्र बाँडफाँट भएको २ साता मै सेयर सूचिकृत गर्दै प्रविधिको प्रयोगले शेयरनिस्काशनमा आएको एउटा क्रान्तिको नमुना पेश गर्न सफल भएको छ। 
NECO

Leave Your Comment

Related News