CLI
Global College

कमोडिटिज एक्सचेन्ज संस्थापनाका निम्ति सी .एफ.एक्स.ले बुझायो निवेदन

इक्विटी नेपाल – काठमाडौँ :
वस्तु विनियम बजार संचालन गर्न चाहने संस्थाहरुले  कम्पनी सस्थापना गर्नु अघि नेपाल धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिन थालेका छन्। आज ( चैत्र ८ गते) कमोडिटिज फ्यूचरस्  एक्सचेन्जले बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिएको छ। विगतदेखि संचालनमा रहेका एक्सचेन्जहरु मध्ये आवेदन दिनेमा सी .एफ.एक्स पहिलो कम्पनी भएको छ। 
वस्तु विनियम बजार सम्बन्धी नियमावली, २०७४ बमोजिम वस्तु विनियम बजार संचालन गर्न चाहने संस्थाहरुको न्यूनतम चुक्ता पूँजी ५० करोड हुनु पर्ने उल्लेख भएता पनि आज निवेदन दिंदा चुक्ता पूँजी ६० करोड कायम गरेको कमोडिटिज फ्यूचरस्  एक्सचेन्जमा विभिन्न  व्यावसायिक  क्षेत्रमा सम्लग्न व्यक्ति तथा संस्थागत लगानीकर्ताहरुको लगानी रहने कुरा कम्पनीका संचालक  कृष्ण गिरीले जानकारी दिए। 
हालसम्म धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि अन्य दुई वटा कम्पनीले निवेदन दिएका छन्।  बेलायती कम्पनी जिमेक्स रणनीतिक साझेदार रहेगरी गैरआवासीय नेपालीलाई संलग्न गरि नेपाल कमोडिटी एक्सचेन्ज  र नेपाल इन्भेस्टमेन्ट बैंकका पृथ्वी बहादुर पांडे सहितका अन्य नेपाली लगानीकर्ताहरुले नेपाल मर्कनटाइल एक्सचेञ्ज  सस्थापनाका लागी यस अघि पाल धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिएका छन्। 
वस्तु विनिमय बजार नियमावली २०७४ लागू भई कार्यान्वयनमा आएपछि नेपालको वस्तु विनिमय बजार स्पष्ट नियमन दायराभित्र प्रवेश गर्नुको साथै बजार नियमित, व्यवस्थित विश्वसनीय, स्वच्छ तथा पारदर्शी भई लगानीकर्तालाई लगानी विविधीकरणको लागि नयाँ क्षेत्र खुल्ने अपेक्षाका साथ कम्पनी अघि बढेको कुरा संचालक कृष्ण गिरीले बताउनु भएको छ।  

Leave Your Comment

Related News