SKIP THIS

MLBL

नेपाल बैकर्स एशोसिएशनले कायम गरेको व्याज दरको सहमति र नबिल बैंकले पत्ता लगाएको लुप होल

Prabhu
इक्विटी नेपाल – काठमाडौँ :
नेपाल बैकर्स एशोसिएशनसंग भएको भद्र सहमतीलाई यथावत राख्दै लुप होल पत्ता लगाउन नबिल बैंक सफल भएको छ ।
नेपाल बैकर्स एशोसिएशनले निक्षेपमा ११ प्रतिशत भन्दा बेसी व्याज नदिने भद्र सहमती गरेका थिए । सहमतीको केही दिन पश्च्यात  एनअाईसी एसिया बैंकले त्यो सहमती तोडेको थियो । त्यसपछि नेपाल बैकर्स एशोसिएशनको दवाबमा एनअाईसी एसियाले वृद्धि गरेको व्याज दर घटाऊन वाध्य भयो ।
आज नबिल बैंकले ११ प्रतिशत व्याज दरमा मुद्धती खातामा निक्षेप सन्कलन गर्ने अफर सार्वजनिक गर्‍यो । ११ प्रतिशत व्याज दर त नेपाल बैकर्स एशोसिएशनमा बैंकले गरेको सहमती भित्रै छ तर ११ प्रतिशत व्याज दर भएपनि उक्त्त योजनालाई सुक्ष्म अध्यन गर्दा व्याज दर ११ प्रतिशत भन्दा माथि जाने देखिन्छ।  किन कि कम्पनीले ११ प्रतिशत व्याज दर सार्वजनिक गरेसंगै निक्षेपकर्ताले पाउने व्याजको अग्रिम भुक्तानी गर्ने भनेको छ ।
कसरी ११ प्रतिशतमा तानिएको निक्षेप १२ प्रतिशत माथि जान्छ ?

उदाहरण  :
मानौ रामले १०० रुपैया निक्षेप राखेको अवस्थामा उसले आजै व्याज भुक्तानी पाउछ , ११ प्रतिशत व्याज दरको अग्रिम भुक्तानी गर्दा ११ रुपैया हुन्छ , अब उसको लागत ८९ रुपैया हुन्छ , ८९ रुपैया लागतबाट उसको पैसा सोही दिन १०० रुपैया हुन्छ , हिसाब गर्दा १२ प्रतिशत व्याज दर देखिन्छ ।
अर्को तरिका बाट हेर्दा ?
आजको दिनमा ती लगानीकर्ताले १०० रुपैया निक्षेप राखे भने ११ रुपैया व्याज मार्फत अग्रिम भुक्तानी पाउछन , त्यो ११ रुपैया उनले फेरी निक्षेपमा राखे भनेपनि उनले पाउने व्याज १२ प्रतिशत माथि आउछ ।
नबिल जस्तो बैंकले यसरी लुप होल प्रयोग गरी व्याज तान्नमा जोड दिनु भनेको नेपाली बैंकिंग प्रणालीमा लगानी योग्य तरलताको अभाव भएको अनुमान लाउन सकिन्छ ।
यस कुरालाई लिएर नेपाल बैकर्स एशोसिएशनबाट कुनै प्रतिक्रिया आएको छैन I

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार