RE
Global College

नेप्से परिसूचक ५८ दशमलव ५२ अंकले घट्दा पनि कारोबार रकममा भने वृद्धि

इक्विटी नेपाल – काठमाडौँ :
अघिल्लो हप्ता अन्तिम तीन दिन केहि मात्रामा नेप्से परिसूचकमा आएको बृद्धिले यस सातापनि उक्त बृद्धि कायम रहने विश्वास लिएका लगानीकर्ताको आश विपरित यस साताभर नेप्से परिसूचक निरन्तर ओरालो लाग्ने क्रमले निरन्तरता पायो।  साताको नेप्से परिसूचक पहिलो दिनको तुलनमा ५८ दशमलव ५२ अंकले घटेर अन्तिमदिन बिहिबार १२२० दशमलव ४४ अंकमा बजार बन्द हुन पुग्यो। 
यस साता निरन्तर नेप्से ओरालो लाग्दा राम्रा राम्रा कम्पनीका शेअर मूल्य निकै तल आउदै गर्दा लगानीकर्ताले मौकाको फाइदा उठाउदै त्यस्ता कम्पनीका शेयर खरिद गर्दा यस साता समग्रमा कारोबार रकम गत साताको भन्दा ३२ दशमलव ९९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ७२ करोड ५ लाख २८ हजार रुपैया बराबरका ४६ लाख २ हजार ६ सय ३० कित्ता शेयरहरु खरिद बिक्रि भएका छन्। 
यस साता कारोबार रकम (१६ करोड ५८ लाख २० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख १४ हजार कित्ता) को आधारमा पनि नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१८८७ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

NECO

Leave Your Comment

Related News