RE
Global College

पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रक्रिया अघि बढ्यो

इक्विटी नेपाल – काठमाडौँ :
सार्वजनिक निजी–साझेदारी मोडलमा पूर्वाधार विकास बैंक स्थापना गर्ने सरकारी कार्यक्रम अनुसार पूर्वाधार विकास बैंक स्थापना सैद्धान्तिक सहमति प्रदान गरेको छ। सो सनागे राष्ट्र बैंकले अबको ३० दिन भित्र संस्थापक शेयरधनीले कबुल गरेको कुल पूँजीको ६० प्रतिशत हुन आउने रकम १२ अर्ब मध्ये हाललाई उक्त रकमको ४५ प्रतिशत अर्थात् ५ अरब ४० करोड रुपैया जम्मा पर्ने छ । 
कम्पनीले एलओआई प्राप्त गरेको ६ महिनाभित्र कम्पनी दर्ता, कर्मचारी, बैंकको आन्तरिक पूर्वाधार निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न गरेपछि राष्ट्र बैंकले सेवा सञ्चालनको लाइसेन्स प्रदान गर्ने छ। राष्ट्र बैंकले प्रक्रियाअनुसार समयमै अनुमति दिएको खण्डमा अबको छ महिना भित्रमा देशकै धेरै पूँजी सहितको पूर्वाधार विकास बैंक सञ्चालनमा आइसक्नेछ ।

नेपाल सरकारको १० प्रतिशत लगानी सहित निजी क्षेत्रका बैंक, इन्स्योरेन्स तथा विभिन्न व्यावसायमा सक्रिय  व्यतिगत लगानीकर्ताको ५० प्रतिशत लगानी र बाँकी ४० प्रतिशत सर्वसाधारणको लगानी रहे गरी पूर्वाधार विकास बैंक स्थापना हुने छ।





NECO

Leave Your Comment

Related News