CLI
Global College

खिम्ती -२ जलविधुत आयोजना इपिसिएफ ढाँचामा चिनियाँ लगानीमा निर्माण हुने

इक्विटी नेपाल – काठमाडौँ :
निजी क्षेत्रको सक्रियता इपिसि-एफ (इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स ) ढाँचामा ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती -२ जलविधुत आयोजना निर्माण गरिने भएको छ। पिपल्स हाइड्रो लिमिटेडले यस आयोजनाका लागि चिनियाँ सरकारको लगानी रहेको चोङजिङ वाटर एण्ड टर्बाइन वर्क्स (सीडब्ल्युटीडब्ल्यु)सँग ठेक्का सम्झौता गरेको हो ।
रामेछाप र दोलखाको सीमामा निर्माण हुने यस आयोजनाको कुल लागत ८ करोड ८० लाख डलर रहने कम्पनीले जनाएको छ। जस मध्ये सम्झौता अनुसार पिपुल्स इनर्जीले कुल लागतको १० प्रतिशत अर्थात ८८ लाख डलर अग्रिम भुक्तानी दिनेछ भने बाँकी रकम चिनियाँ कम्पनीले नै जुटाएर निर्माण सम्पन्न गर्ने छ। जसले गर्दा आयोजना निर्माण क्रममा प्रवर्द्धक कम्पनीलाईलाई कुनैपनि वित्तीय दबाब पर्दैन । निर्माण अनुगमन तथा व्यवस्थापनको काम मात्र गरे पुग्छ ।
सम्झौता अनुसार चोङजिङ वाटर एण्ड टर्बाइन वर्क्सले आयोजना सन् २०२१ मार्च महिना भित्र निर्माण सम्प्पन गर्नु पर्ने छ। त्यस्तै प्रवर्द्धक कम्पनी पिपल्स हाइड्रोले चिनियाँ कम्पनीलाई आयोजना सम्पन्न गरेको ७०० दिन भित्र ठेक्का अनुसारको बाँकी रकम फिर्ता दिनु पर्ने हुन्छ। कम्पनीले चिनियाँ पक्षला बाँकि रकम भक्तानी दिनका लागि सानिमा बैंकको नेतृत्वमा विभिन्न  ९ वटा बाणिज्य बैंकसंग ऋण सम्झौता सम्पन्न गरि सकेको छ।

Leave Your Comment

Related News