अर्थमन्त्री खतिवडालार्इ जथाभावी नबाेल्न इन्भेष्टर्स फाेरमकाे चेतावनी

इक्विटी नेपाल – काठमाडौँ :
इन्भेष्टर्स फाेरमले अर्थमन्त्रीलार्इ लगानीकर्ताकाे मनाेबल खस्किने गरी जथाभावी नबाेल्न भनेकाे छ । अाइतबार विराटनगरमा अायाेजित एक कार्यक्रममा बाेल्दै अर्थमन्त्री खतिवडाले शेयर बजारमा बुझेरमात्रै लगानी गर्न भनेका थिए । उनले शेयर बजारमा घटबढ हुनु एक स्वभाविक प्रक्रिया रहेकाे बताउँदै सबै कुराकाे मुल्यमा घटबढ भइरहेकाे हुँदा शेयरकाे मुल्य चैं घट्याे भन्दै नकराउन भनेका थिए । बजारमा हाल शेयरकाे अापूर्ति बढि रहेकाले बजार घट्काे हाे र याे स्वभाविक हाे भनेर दिएकाे अभिव्यक्ति पश्चात खुलेकाे साताकाे पहिलाे दिनकाे बजारमा लगातार गिरावट अाइ बजार ५१ दशमलव ८९ अंक झरेर ११६८ दशमलव ५५ काे विन्दुमा बन्द भएकाे थियाे ।
यसरी अर्थमन्त्री खतिवडाकाे एकपछि अर्काे अभिव्यक्ति शेयर बजारमा लगानी गर्ने १५ लाख लगानीकर्ताकाे लगानी मर्मकाे विपरित रहेकाे भन्दै नेपाल इन्भेष्टर्स फाेरमले अर्थमन्त्री खतिवडालार्इ जथाभावी शेयर बजारकाे विरूद्धमा नबाेल्न भनेकाे छ । साेमबार एक पत्रकार सम्मेलन गर्दै फाेरमले अर्थमन्त्रीलार्इ साे अाग्रह गरेकाे हाे । नेपालकाे पूँजी बजारकाे इतिहासमा सबै भन्दा बढि पूँजीकृत रकम रू. ८ खर्ब ३६ अर्ब गुमाउँदा सरकार र यसका अन्य निकायहरू माैन रहनुले १५ लाख भन्दा बढि लगानीकर्ताहरू मर्माहत भएकाछन् भन्दै फाेरमका अध्यक्ष अम्बिका प्रसाद पाैडेलले देशलार्इ समृद्ध बनाउन र शेयर बजारप्रति जनताकाे अाकर्षण बढाउनका निम्ति तथा लगानी सुरक्षााकाे अाभास दिलार्इ शेयर बजारकाे विश्वसनियता बढाउन सरकार तथा सम्बन्धित निकायले अावश्यक कार्यहरू गर्नुपर्ने बताउनुभयाे । 
कार्यक्रममा जारी विज्ञप्तिः 


Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार