सुनको प्राविधिक बिश्लेषण : सुन अझै बढ्न सक्ने

इक्विटी नेपाल – काठमाडौँ :
मासिक मैनबत्तीहरुको आधारमा सुनको मुल्य ३ बर्ष देखि प्रवृतिहिन रहेको देखिन्छ । त्यस्तै गरि गत २ बर्षदेखि १३५० देखि १३७५ डलर (आउन्स अर्थात २८.३५ ग्राम मुल्य बराबर) को प्रतिरोध क्षेत्रलाई मुल्यले पटक पटक परिक्षण गरि रहेको देखिन्छ । प्रवृतिहिन रहेको मुल्यले यहि समयावधिमा सिमेट्रिकल ट्रायगंल (Symmetrical Trainagle) आकृति बनाउंदै गएकोले बजारमा बिक्रेताभन्दा क्रेताको चाप रहेको संकेत गर्दछ र हाल मुल्यले पुन १३५० देखि १३७५ को प्रतिरोधलाई परिक्षण गरि रहेको देखिन्छ ।
स्टोकास्टिक अक्सिलेटर सूचांकले पछिल्लो समयमा आपूर्तीभन्दा माग बढी भएको अर्थात बजारमा क्रेताको चाप रहेको संकेत गर्दछ । १४ दिनको आरएसआई (RSI) ५८ अंकमा रहेको देखिन्छ । यसको प्रवृति गत १ बर्षदेखि सकारात्मक रहेको छ । एमएसिडी (MACD) को प्रवृति पनि सकारात्मक क्षेत्रमा रहेको छ ।
मार्च महिनाको मैनबत्ती कस्तो बनिन्छ, त्यो पनि महत्वपूर्ण हुने भएकोले त्यस समयमा ध्यान दिनु आवश्यक हुन्छ ।
सुनको मुल्यको प्रवृति र सूचांकको आधारमा यदि मुल्य १३७५ भन्दा माथि स्थिर रहन सकेमा बजार अझ सकारात्मक हुन सक्ने प्रवल सम्भावना देखिन्छ तर सुनको खरिद बिक्री गर्न अघि सानो समयावधिको प्रवृतिलाई बिश्लेषण गर्नु उचित रहनेछ ।
[ सावधानी : आधिकारकि रुपमा उपलब्ध तथ्याङ्कहरुको आधारमा गरिएको बिश्लेषण आफैमा पूर्ण होइन । त्यसैले कारोबार गर्न अघि लगानीकर्ताहरु आफैले बिश्लेषण गर्नु पर्ने हुन्छ । ]
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार