SKIP THIS

MLBL

डब्लु.टि.आई.कच्चा तेलको प्राविधिक बिश्लेषण :मुल्य केहि सच्चिन सक्ने सम्भावना

Prabhu
मासिक मैनबत्तीहरुको आधारमा डब्लु.टि.आई.कच्चा तेलको मुल्य २०१६ फेब्रुवरीमा, २००६ देखि कै न्यूनतम बिन्दु २६.०४ डलर (प्रति ब्यारल)मा टेवा प्राप्त गरि बजार बढेको छ । मुल्य प्रवृतिको तल्लो र माथिल्लो बिन्दुहरु बढ्ने क्रममा रहेकोले बजार बढ्दो प्रवृतिको र सकारात्मक देखिएको छ । यसले बजारमा आपूर्तीभन्दा माग बढी भएको संकेत गर्दछ । बजार बढ्ने क्रममा भए पनि प्रतिरोध ६५ देखि ७५ डलरको क्षेत्रमा रहेको देखिन्छ । हाल मुल्य ६६.५३ बाट केहि सच्चिएर रहेको छ ।
स्टोकास्टिक अक्सिलेटर सूचांकले पछिल्लो समयमा क्रेताको चाप कम हुंदै गएको संकेत गर्दछ । १४ दिनको आरएसआई (RSI)  ६१ अंकमा रहेको देखिन्छ । यसको प्रवृति गत २ बर्षदेखि सकारात्मक रहेको छ । एडिएक्स (ADX) को प्रवृतिले क्रेताको चाप रहेको संकेत गरेको छ ।
मार्च महिनाको मैनबत्ती कस्तो बनिन्छ, त्यो पनि महत्वपूर्ण हुने भएकोले त्यस समयमा ध्यान दिनु आवश्यक हुन्छ ।
कच्चा तेलको मुल्य प्रवृति र सूचांकको आधारमा मुल्य केहि सच्चिन सक्ने सम्भावना देखिन्छ । कच्चा तेलको खरिद बिक्री गर्न अघि सानो समयावधिको प्रवृतिलाई बिश्लेषण गर्नु उचित रहनेछ ।
[सावधानी : आधिकारकि रुपमा उपलब्ध तथ्याङ्कहरुको आधारमा गरिएको बिश्लेषण आफैमा पूर्ण होइन । त्यसैले कारोबार गर्न अघि लगानीकर्ताहरु आफैले बिश्लेषण गर्नु पर्ने हुन्छ ।]

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार