बोर्डबाट अनुमति नपाएका जलविधुतका शेयरमा लगानी नगर्नु : धितोपत्र बोर्ड

इक्विटी नेपाल – काठमाडौँ :

केही जलविद्युत कम्पनीहरूले धितोपत्र बोर्डमा दर्तानै नभएको अवस्थामा उनीहरूले सार्वजनिक रूपमै सूचना निकाली शेयरमा लगानी गर्न आग्रह गरेको कुरामा धितोपत्र बोर्डले गम्भीरताका साथ लिएको छ । 
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ अनुसार अनुमाति बिनानै शेयर निष्कासन गरिनु गैरकानुनी भएको जानकारी बोर्डले दिएको छ । जनतालाई शेयर निष्कासन गर्नु पूर्व बोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र धितोपत्रको सार्वजनिक निष्कासन गर्नु पर्ने बोर्डले जानकारी दिएको छ । 
त्यस्तै , बोर्डले गैरकानुनी ढङ्गबाट सार्वजनिक निष्कासन गरिएका धितोपत्रहरुमा लगानी गर्दो लगानी जोखिममा पर्न सक्ने हुनाले यस्ता धितोपत्रहरुमा लगानी नगर्न नगराउनको लागि लगानीकर्ताहरूलाई सतर्कपनि गराएको छ ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार