इक्विटी नेपाल – काठमाडौँ :
नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा आज समस्या देखिएको छ। नेप्सेको आधिकारिक वेबसाइट www.nepalstock.com र www.nepalstock.com.np नचलेका कारणले लगानीकर्ताले सदाझै बजारको कारोबारको आधिकारिक जानकारी पाउन सकेका छैनन्।

वेबसाइटमा समस्या देखिएता पनि ब्रोकरका कार्यालयमा भने नियमित कारोबार सुचारुनै भईरहेको छ। नेप्सेको कार्यालयमा सम्पर्क राख्दा सर्भरमा समस्या आएका कारण वेबसाइटमा समस्या देखिएको र उक्त समस्या समधानका निम्ति प्राविधिक टोलीले कार्य गरिरहेको जानकारी दिएको छ।
नेप्सेको वेबसाइटमा देखिन्ने बारम्बारको यस्ता प्राविधिक समस्याले बजारका सूचना र जानकारीहरु प्रतक्ष्य नपाउदा लगानीकर्तामा पर्ने प्रभावबारे हामीले बजारका सक्रिय लगानीकर्ता सन्तोष राज बजगाईलाई प्रश्न राख्दा उहाँको विचारमा “बेला बेलामा प्राविधिक गडबडीको कारणले लगानीकर्ताहरु ईन्टरनेटको माध्यमबाट बजारको अवस्था हेर्न पाएका छैनन। भविस्यमा आउने भनिएको अन्लाईन ट्रेडिङ पछी पनि यस्ता समस्या देखिए बजारप्रति नै लगानीकर्ताको विस्वास गुम्ने छ।”