RE
Global College

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

इक्विटी नेपाल – काठमाडौँ :
नेपाल आयल निगमले चैत्र १९ गते राति १२ बजे देखि लागु हुने गरी काठमाडौँका लागि पेट्रोलियम पदार्थहरुको (पेट्रोल , डिजेल र मट्टीतेल )मा प्रति लिटर दुई  रुपैयाका दरले मूल्य वृद्धि गरेको छ। 
अब पेट्रोल  खरिद गर्दा उपोभोक्ताले प्रतिलिटर १०५ रुपैया खर्च गर्नु पर्ने छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ८५ रुपैया खर्च गर्नु पर्ने छ। यद्यपि, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।  
नयाँ मूल्य अनुसार नेपाल आयल निगमलाई पेट्रोलमा प्रति लिटर ३ रुपैया १० पैसा फाइदा रहेकोमा डिजेलमा प्रति लिटर ९६ पैसा र खाना पकाउने एलपीजीमा प्रतिसिलिन्डर ६२ रुपैया ५२ पैसा नोक्सानी रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ। 
स्वत: संचालित पेट्रोलियम मुल्य संरचना बमोजिम निगमले पेट्रोल , डिजेल र मट्टितेलको मुल्य प्रत्येक १५ – १५ दिनमा घटबढ/यथावत हुने गरी समायोजन गरिरहेको छ र यी बाहेकका पेट्रोलियम पद्दार्थमा भने अन्तराष्ट्रिय बजारमा मुल्य मुताविक समयोजन गर्दै जाने नीति आयल निगमले लिएको छ।  
देशले सबै भन्दा धेरै आयात गर्ने वस्तुमा पेट्रोलियम पदार्थ पर्दछ । गत माघ महिनाको तथ्यांक हेर्दा मात्र पनि नेपालले भारतबाट ८५ अर्ब बराबरको  पेट्रोलियम पदार्थ आयात गरेको देखिन्छ जुन सोहि अवधिमा नेपालको कूल निर्यातभन्दा धेरै हो। यसरी पेट्रोलियम पदार्थमा हुने मूल्य वृद्धिले देशको कुल आयातको आकारलाई  झन् वृद्धि गर्दै व्यापार घाटाको अन्तरलाई झनै बढाउदै जाने हुनाले  नेपाली अर्थतन्त्रमा नराम्रो असर पुग्ने देखिन्छ ।
NECO

Leave Your Comment

Related News