ग्रीन डेभलपमेण्ट बैङ्कको ४०० प्रतिशत हकप्रद शेयर बाँडफाँड


इक्विटी नेपाल – काठमाडौँ :
ग्रीन डेभलपमेण्ट बैङ्कले माघ २ गतेदेखि फाल्गुन २३ गतेसम्म १:४ को अनुपातमा बिक्री खुल्ला गरेको १०० रुपैयाँ अंकित दरका ४०,००,००० कित्ता हकप्रद शेयरमा खरिदका लागि रितपूर्वक आवेदन दिने शेयरधनीलाई २०७५/१२/२२ का दिन उक्त शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्सले सूचना प्रकाशित गरी जनाएको छ। 

 उक्त अवधिमा बिक्री नभएका ६ लाख ६२ हजार २ सय ९७ कित्ता शेयर लिलामी मार्फत बिक्री गरिने 

बैंकले बिक्री गरेको कुल चालिस लाख हकप्रद शेयरहरु मध्ये निष्कासन अवधिमा ३३ लाख ४७ हजार ७ सय ३ जना कित्ता शेयर बिक्री भएको थियो। उक्त अवधिमा बिक्री नभएका ६ लाख ६२ हजार २ सय ९७ कित्ता शेयर लिलामी मार्फत बिक्री गरिने लक्ष्मी क्यापिटलले जनाएको छ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार