RE
Global College

माछापुच्छ्रे बैंकका सीईओमा सुमन शर्मा नियुक्त


इक्विटी नेपाल – काठमाडौँ :
माछापुच्छ्रे बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरेको छ। बैंकको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले यस अघिका सीईओ निरज श्रेष्ठले राजीनामा दिएपछि खाली रहेको प्रमुख कार्यकारी अधिकृतमा शर्मालाई नियुक्त गरेको हो।
यस अघि झन्डै तीन वर्ष शर्माले माछापुच्छ्रे बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका थिए । २१ वर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए । सो पश्चात् शर्माले एन.एम.बि. बैंक र माछापुच्छ्रे बैंक हुँदैं नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कमा प्रवेश गरेका थिए ।
NECO

Leave Your Comment

Related News