अनुपमा खुञ्जेली भईन मेगा बैंकको सीईओ , नेपाली वाणिज्य बैङ्कहरुमा पहिलो महिला सीईओ बनिन्

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
मेगा बैंक नेपाल लिमिटेडले विगत ४ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृतका (सीईओ) रूपमा कार्यभार सम्हालिरहेकी अनुपमा खुञ्जेलीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले खुञ्जेलीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खुञ्जेलीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तसँगै नेपाली वाणिज्य बैङ्कमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत भएकी छिन्। तत्कालीन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैकबाट करियर सुरु गरेकी खुँजेली नबिल बैक हुँदै मेगा बैंक पुगेकी थिइन्। मेगा बैङ्कमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष कम गरेकी खुँजेलीले विगत ४ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा बैंकको नेतृत्व सम्हालिरहेकी थिइन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार