नेप्सेमा दुई सामूहिक लगानी कोषका इकाईहरु र एउटा ऋणपत्र कारोबारका लागि सुचिकृत

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
नेप्सेमा आज २ सामूहिक लगानी कोषका इकाईहरु र एउटा ऋणपत्र कारोबारका लागि सुचिकृत भएको छ। आज सूचीकरण हुने सामूहिक लगानी कोषमा एनआईसी एसिया ग्रोथ फन्ड तथा  सिटिजन्स म्युचुअल फन्ड १ का इकाईहरु रहेका छन् भने ऋण पत्र तर्फ एनआईसी एसिया डिबेन्चर २०८१/८२  रहेका छन्। 
एनआईसी एसिया ग्रोथ फन्डका ८ करोड ३५ लाख २० हजार इकाई र सिटिजन्स म्युचुअल फन्ड १ का ८ करोड २० लाख इकाईहरु सुचिकृत गरेको हो।  दुवै योजनाका १ अर्ब बराबरका १० करोड ईकाई बिक्रीमा राखेका भएतापनि कम आवेदन परेकाले दुवैले योजनाको आकार घटाएका हुन्। 

आज सूचीकरण हुने सामूहिक लगानी कोषमा एनआईसी एसिया ग्रोथ फन्ड तथा  सिटिजन्स म्युचुअल फन्ड १ का इकाईहरु रहेका छन् भने ऋण पत्र तर्फ एनआईसी एसिया डिबेन्चर २०८१/८२  रहेका छन्। 

त्यस्तै एनआईसी एसिया बैंकले बिक्री गरेको ९ प्रतिशत ब्याजदरको  एनआईसी एसिया डिबेन्चर २०८१/८२ का एक हजार प्रतिकित्ता अंकित मूल्य रहेको ३० लाख कित्ता ऋणपत्र सूचीकरण गरेको हो। यस ऋणपत्रको वार्षिक ९% ब्याजदर रहेको  भने परिपक्व हुने अवधि ७ वर्ष रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार