RE
Global College

कुमारी बैंकको वैशाख २८ देखि खुल्न लागेको हकप्रद शेयरका लागी मूल्य समायोजित


इक्विटी नेपाल – काठमाडौँ :
नेप्सेले कुमारी बैंकले बिक्री गर्न लागेको २० प्रतिशत हकप्रद शेयरका लागि मूल्य समायोजन गरेको छ। बैंकको मूल्य समायोजनपछि दुई सय ५६ रुपैयाँमा कारोबार सुरु भएको छ। नेप्सेले उक्त मूल्य समायोजन गर्दा औसत आधार मूल्य (बेस प्राइस) तीन सय तीन रुपैयाँ ९२ पैसा तोकेको छ। हिजो (वैशाख ९,२०७४ ) सम्म शेयर खरिद गर्नेले प्रस्तावित २० प्रतिशत हकप्रद शेयर खरिद गर्न पाउनेछन। 
साथै कुमारी बैंकले बिक्री गर्न लागेको २० प्रतिशत शेयरका लागि शेयरधनीले आगामी वैशाख २८ देखि जेष्ठ ३१ सम्म आफूले खरिद गर्न पाउने हकप्रद शेयरका लागि आवेदन दिईसक्नु पर्ने छ। इच्छुक शेयरधनीले बिक्री प्रबन्धक एनआईबिएल यस क्यापिटल लिमिटेडको शाखा कार्यालयहरू , कुमारी बैङ्कका सम्पूर्ण शाखा कार्यालय तथा आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्ने छन्। 
बैंकको हालको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि चुक्ता पूँजी वृद्धि भएर ७ अर्ब १६ करोड रुपैयाँ पुग्नेछ। यद्यपि, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी आठ अर्ब रुपैयाँ पुर्‍याउन अझै ८३ करोड ६६ लाख रुपैयाँ आवश्यक पर्छ। हाल सम्म आ.व २०७३/७४ को लाभांश घोषणा नगरेकोले बाँकी आपुग पूँजी बैंकले बोनस शेयर घोषणा गरे पुर्याउनेसक्ने देखिन्छ ।
NECO

Leave Your Comment

Related News