एसियन लाइफ इन्स्योरेन्सको पुर्व घोषित लाभांश परिवर्तन

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले पुर्व घोषित लाभांश परिवर्तन गर्दै अब ६ प्रतिशत बोनस शेयर तथा शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 
यसअघि इन्स्योरेन्सले शेयरधनीलाई आ.व २०७३/७४ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका निम्ति शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। 
इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश सहितको वित्तीय विवरण नियामक बिमा समितिबाट स्वीकृत हुन न सकेकाले घोषित लाभांश पपरिवर्तन गरिएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार