RE
Global College

रैराङ हाइड्रोपावरको बैशाख ३१ गतेदेखि आईपीओ खुल्दै



इक्विटी नेपाल – काठमाडौँ :
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख ३१ गतेबाट सर्वसाधारणलाई एक सय रुपैयाँ अंकित मूल्यको आठ लाख ४० कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। जस मध्ये ३३६०० कित्ता शेयर कम्पनीका कर्मचारी र ४२०००  कित्ता शेय सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

इच्छुक लगानीकर्ताले  आईपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ४२०० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्ने जनाएको छ। लगानीकर्ताले वैशाख ३१, २०७५ देखि आवेदन दिन सक्ने छन्। यस आईपिओको आवेदन लिने कार्य छिटोमा जेष्ठ ३ ,२०७५ हुने छ। यदि पर्याप्त आवेदन न परे आवेदन दिने समय ढिलोमा जेष्ठ २९ ,२०७५ सम्म खुल्ला रहने बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले  आहव्न पत्र प्रकाशित गरी जनाएको छ।

इच्छुक लगानीकर्ताले आफ्नो बैंक खाता भएको आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाको नजिकको शाखामा सम्पर्क गरी सि-आस्वा प्रणाली मार्फत आवेदन दिन सक्ने छन्।

NECO

Leave Your Comment

Related News